२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपका वकिल भन्छन्– क्यानले सन्दीपको क्याप्टेनसिप फिर्ता दिनुपर्छ



अ+ अ-

काठमाडौँ । अदालतले धरौटीमा छाड्न आदेश दिएका क्रिकेटर सन्दीप लामिछानेलाई क्याप्टेनमा पुनर्वहाली गर्न उनका वकिल सरोजकुमार घिमिरेले क्यानलाई सुझाव दिएका छन् ।

लामिछानेको रिहाइ प्रक्रिया सुरूसँगै वकिल घिमिरेले उनी राष्ट्रिय टिममा फर्किन नरोकिने बताएका हुन् । उनले खेलको विषयमा अदालतले कुनै आदेश गर्नुपर्ने आवश्यक नरहेको बताए ।

‘खेलको विषयमा आदेश गर्नुपर्ने आवश्यक नै छैन । सन्दीप थुनामा परेकाले सस्पेन्सन गरेको । थुना बाहिर भएकाले क्यानले क्याप्टेनसिप फिर्ता दिनुपर्ने हुन्छ । हेर्नुस् न क्रिकेट कुन अवस्थाबाट गुज्रिएको छ । सिरियसली नै क्यानले क्रिकेटलाई महत्वपूर्ण लिन्छ भने उनलाई क्याप्टेनको रूपमा लिनुपर्छ । दोषी त करार भइसकेको छैन ‘, घिमिरेले भने ।

घिमिरेले सन्दीप साढे २ बजेसम्ममा रिहा हुने जानकारी दिएका छन् । ‘धरौटीको रकम परिवारले जम्मा गर्दै हुनुन्छ । उच्चबाट फायल जिल्लामा गएपछि पत्र लिएर आउने र स्वास्थ्य जाँच हुनेछ । तारेख लिने काम हुन्छ । साढे २ बजेसम्ममा उनी छुट्छन्’, उनले भने ।

बलात्कारको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई उच्च अदालत पाटनले बिहिवार २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । सन्दीप थुनामुक्त भएपनि अदालतको सर्तहरु पालना गर्नुपर्ने उनका वकिलले बताए । उनले भने, ‘महत्वपूर्ण सर्त छन् । सन्दीपले पालना गर्नुपर्ने हुन्छ । यस्तो अपराधमा यो युनिक आदेश हो ।’