२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपको धरौटी तिर्ने प्रक्रिया सुरू



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने साढे २ बजे रिहा हुने भएका छन् । उच्च अदालत पाटनले २० लाख धरौटीमा रिहा गर्न आदेश दिएबमोजिम धरौटी तिरेर साढे २ बजे छुट्ने भएका हुन् ।

सन्दीपका कानुन व्यवसायी सरोज कुमार घिमिरेको अनुसार अहिले रिहाइको प्रक्रिया भइरहेको छ । उच्च अदालतले मागेको धरौटी रकम बुझाउनका लागि परिवारले रकम जम्मा गरिसकेको उनले बताए । अदालतमा धरौटी बुझाएसँगै सन्दीप तारिखमा रिहा हुनेछन् ।

जिल्ला अदालत काठमाडौंले सन्दीपलाई थुनामै राखेर कारबाही गराउन आदेश गरेपनि सोविरुद्ध उनले उच्च अदालत पाटनमा निवेदन दिएका थिए । जिल्ला अदालतको उक्त आदेश बदर गर्दै न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासमा बिहीबार सन्दीपलाई २० लाख धरौटीमा रिहा गर्न उच्च अदालतले आदेश दिएको थियो ।