• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo

सन्दीपको धरौटी तिर्ने प्रक्रिया सुरू



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने साढे २ बजे रिहा हुने भएका छन् । उच्च अदालत पाटनले २० लाख धरौटीमा रिहा गर्न आदेश दिएबमोजिम धरौटी तिरेर साढे २ बजे छुट्ने भएका हुन् ।

सन्दीपका कानुन व्यवसायी सरोज कुमार घिमिरेको अनुसार अहिले रिहाइको प्रक्रिया भइरहेको छ । उच्च अदालतले मागेको धरौटी रकम बुझाउनका लागि परिवारले रकम जम्मा गरिसकेको उनले बताए । अदालतमा धरौटी बुझाएसँगै सन्दीप तारिखमा रिहा हुनेछन् ।

जिल्ला अदालत काठमाडौंले सन्दीपलाई थुनामै राखेर कारबाही गराउन आदेश गरेपनि सोविरुद्ध उनले उच्च अदालत पाटनमा निवेदन दिएका थिए । जिल्ला अदालतको उक्त आदेश बदर गर्दै न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासमा बिहीबार सन्दीपलाई २० लाख धरौटीमा रिहा गर्न उच्च अदालतले आदेश दिएको थियो ।