२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकता हुनुअघि जसपा र एकीकृत समाजवादीबीच मोर्चा बनाउने सहमति



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) ले एकता गर्नुअघि मोर्चा बनाउने सहमति गरेका छन् । बिहीबार दुई दलबीच भएको वार्तामा मोर्चा बनाउने सहमति भएको हो ।

एकताका लागि केही समय लाग्ने भएपछि दुई पार्टीबीच मोर्चा बनाएर अघि बढ्ने सहमति भएको बताइएको छ । शनिबार हुने वार्तामा दुवै पक्षबाट आ–आफ्नो पार्टीको एजेन्डा प्रस्तुत गर्ने र त्यसमा एक–एक विषयमा छलफल गर्दै जानेसमेत सहमति भएको बुझिएको छ ।

दुवै पार्टीले राख्ने एजेन्डामाथि छलफल गर्दा सरल र जटिल विषयवस्तु सूचीकृत गर्दै जाने तथा सहमति हुन सक्ने विषयलाई टुंग्याउँदै जान सहमति भएको बताइएको छ । त्यस्तै सहमति हुन नसक्ने जटिल विषयलाई सूचीकृत गरी शीर्ष तहबाट टुंगो लगाउनेसमेत सहमति भएको छ ।

शनिबार बस्ने बैठकमा दुवै पार्टीले आ–आफ्नो घोषणापत्र, विधान, राजनीतिक प्रतिवेदन, पार्टीका अन्य दस्तावेज प्रस्तुत गर्ने निर्णय भएको छ ।




भर्खरै