२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकता हुनुअघि जसपा र एकीकृत समाजवादीबीच मोर्चा बनाउने सहमति



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) ले एकता गर्नुअघि मोर्चा बनाउने सहमति गरेका छन् । बिहीबार दुई दलबीच भएको वार्तामा मोर्चा बनाउने सहमति भएको हो ।

एकताका लागि केही समय लाग्ने भएपछि दुई पार्टीबीच मोर्चा बनाएर अघि बढ्ने सहमति भएको बताइएको छ । शनिबार हुने वार्तामा दुवै पक्षबाट आ–आफ्नो पार्टीको एजेन्डा प्रस्तुत गर्ने र त्यसमा एक–एक विषयमा छलफल गर्दै जानेसमेत सहमति भएको बुझिएको छ ।

दुवै पार्टीले राख्ने एजेन्डामाथि छलफल गर्दा सरल र जटिल विषयवस्तु सूचीकृत गर्दै जाने तथा सहमति हुन सक्ने विषयलाई टुंग्याउँदै जान सहमति भएको बताइएको छ । त्यस्तै सहमति हुन नसक्ने जटिल विषयलाई सूचीकृत गरी शीर्ष तहबाट टुंगो लगाउनेसमेत सहमति भएको छ ।

शनिबार बस्ने बैठकमा दुवै पार्टीले आ–आफ्नो घोषणापत्र, विधान, राजनीतिक प्रतिवेदन, पार्टीका अन्य दस्तावेज प्रस्तुत गर्ने निर्णय भएको छ ।