१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश १: माओवादीका दुई र एमालेका एक मन्त्रीले लिए शपथ



अ+ अ-

विराटनगर । प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रिपरिषद् विस्तार गरेर सात सदस्यीय मन्त्रिपरिषद् बनाउनुभएको छ । शुक्रबार तीन मन्त्रीले सपथ लिएका छन् ।

नेकपा (माओवादी केन्द्र)बाट तेह्रथुमका दुर्गा चापागाईं, मोरङका जीवन आचार्य र नेकपा (एमाले) बाट सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारीले पद तथा गोपनीयताको सपथ लिनुभएको हो ।

केन्द्रीय सत्ता गठबन्धनले प्रदेश १ मा पूरै कार्यकाल एमालेलाई सत्ता सञ्चालन गर्न दिने गरेको सहमतिप्रति असन्तुष्ट प्रदेश माओवादी केन्द्र आजदेखि सरकारमा सहभागी भएको छ ।

नवनियुक्त मन्त्री आचार्य प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका ज्वाइँ हुनुहुन्छ । तीनै जना मन्त्रीको जिम्मेबारी तोक्न भने बाँकी छ । यसअघि मुख्यमन्त्री कार्कीसँगै सपथ लिएका तीन जना मन्त्री
पनि विनाविभागीय छन् ।

एमालेका तिलकुमार मेन्याङ्बो (तोप्लेजङ), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का भक्तिप्रसाद सिटौला (झापा) र जनता समाजवादी पार्टी (जसपा) की निर्मला लिम्बू (ताप्लेजुङं) यसअघि नै मन्त्री भइसक्नुभएको छ ।