• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★    गरिमा शर्मा र विमल अधिकारी रिटिङ रिटिङ मा ★   ‘ॐ’ ब्रह्माण्डीय आवाज ★   गृहले दियो अध्यागमन विभागलाई अधिकार, गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने ★   नेपालमा पिस कोर रेस्पोन्स स्वयंसेवकको पहिलो समूहद्वारा शपथ ग्रहण ★   कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा काठमाडौँका मेयर बालेन ★   अब संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्छः अध्यक्ष ओली ★   जब शुभमन गिलले अभिषेक शर्माको आमाको पाउ छोए ★   बैंगलोर र चेन्नईको खेलमा वर्षा भएपनि आधा घण्टामा मैदान सुकाइने ★   मधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने ★   गृहमन्त्री संलग्न सहकारीहरुको नाम तोकेर छानविन समिति बनाऔँ: सांसद पाण्डे

नेप्से परिसूचकमा ४१.०२ अङ्कको गिरावट



काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार हुने साताको अन्तिम दिन आज नेप्से परिसूचक ४१ दशमलब शून्य दुई अङ्कले ओरालो लागेर दुई हजार एक सय ४९ दशमलब ४१ मा सीमित भएको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक सात दशमलब ८९ अङ्कले ओरालो लागेर चार सय ११ दशमलब २५ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये १२ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ भने एक उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ ।

कारोबार भएकामध्ये २१ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ । यस्तै, एक सय ८४ कम्पनीको शेयर मूल्यमा गिरावट आउँदा एक कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएको छैन । कूल एक करोड ४४ लाख ८२ हजार नौ सय ५९ कित्ता शेयर रु पाँच अर्ब ४७ करोड ७६ लाख २४ हजार सात सय २४ मूल्यमा खरिद बिक्री भए । आजको कारोबारपछि बजार पूँजीकरण रु ३१ खर्ब तीन अर्ब १५ करोड ६९ लाख ४७ हजार छ सय २५ बराबर रहेको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको २२ करोड २० लाख १२ हजार एक सय ३१ बराबरको कारोबार भयो । रिडी पावर कम्पनी रु १७ करोड ८३ लाख १० हजार आठ सय २२, ङादी पावर कम्पनी रु १६ करोड ९४ लाख २० हजार छ सय ७०, अपि पावर कम्पनी रु १४ करोड चार लाख ४५

हजार आठ सय र माथिल्लो तामाकोसी जलविद्युत् कम्पनी रु १२ करोड ८४ लाख ९९ हजार नौ सय २३ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । नेप्सेका अनुसार कुमारी धनवृद्धि योजना, सिङ्गटी हाइड्रो इनर्जी र बाराही हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, एनआइबीएल समृद्धि फण्ड दोस्रो नौ दशमलब ३० र मध्य भोटेकोसी जलविद्युत् कम्पनीका लगानीकर्ताले सात दशमलब ६१ प्रतिशतले कमाउका छन् । त्यस्तै, गुराँस लघुवित्त नौ दशमलब १८, कालिका पावर कम्पनी आठ दशमलब ४८, बलेफी हाइड्रोपावर सात दशमलब ४४, स्वाभिमान लघुवित्त सात दशमलब ३१ र खप्तड लघुवित्तको शेयर मूल्य सात दशमलब ३० प्रतिशतले घटेको छ ।