१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलम्पिक छनोट: नेपाल समूह ‘सी’ मा



फाईल फोटो
अ+ अ-

काठमाडौं । फ्रान्सको पेरिसमा २०२४ मा आयोजना हुने ओलम्पिक खेलकुद अन्तर्गत महिला फुटबलको छनोटमा नेपाल समूह ‘सी’ मा परेको छ ।

एएफसीले बिहीबार सार्वजनिक गरेको ड्र अनुसार महिला फुटबलको एसिया छनोटको पहिलो चरणमा नेपाल समूह ‘सी’ मा परेको हो ।

नेपालसँगै समूह ‘सी’ मा भियतनाम, प्यालेस्टाइन र अफगानिस्तान पनि रहेको छ ।

पहिलो चरणको छनोट खेलहरु आगामी अप्रिल ३ देखि ११ सम्म हुनेछ । जसमा सहभागी २६ टोलीलाई ७ समूहमा विभाजन गरिएको छ ।हरेक समूहको शीर्ष टोलीले दोस्रो चरणको खेल खेल्नेछन् ।