१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीः एक हजार २९० जनाको शव फेला त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान नेपाल–अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, विपद्मा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा आभार उद्धारका लागि नेपाली सेनाको टोली पावर हाउसमा प्रवेश भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन सुनचाँदीको मूल्यमा वृद्धि १० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्– ‘सुरुङभित्र अझै मानिस हुन सक्छन्’ त्रिशूली–३ ‘ए’ आयोजनाबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनीमा मुख्यमन्त्रीको आज शपथ ग्रहण



अ+ अ-

तुलसीपुर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले दिउँसो १ बजे उहाँलाई शपथ ग्रहण गराउनुहुनेछ ।

आजै तीन सदस्यीय मन्त्रिपरिषद् गठनको पनि तयारी गरिएको छ । एमाले र माओवादी केन्द्रबाट एक÷एक मन्त्री बनाउने तयारी रहेको माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महराले बताउनुभयो ।

“आज तीन सदस्यीय मन्त्रिपरिषद् गठनको तयारी गरिएको छ”, उहाँले भन्नुभयो, “त्यसका लागि छलफल भइरहेको छ ।” बुधबार प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम एमाले संसदीय दलका नेता गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

अहिले लुम्बिनी प्रदेशमा १३ मन्त्रालय छन् । यसलाई घटाउने गरी छलफल भइरहेको छ ।रासस