१९ भाद्र २०८३, शुक्रबार
,
Latest
माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला सङ्खुवासभामा शिक्षक हत्या घटनामा एक जना पक्राउ भोटेकोशी बाढीः एक हजार २९० जनाको शव फेला त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान नेपाल–अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, विपद्मा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा आभार उद्धारका लागि नेपाली सेनाको टोली पावर हाउसमा प्रवेश भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन सुनचाँदीको मूल्यमा वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली पैसामा पृथ्वीनारायण शाहको तस्बिर राखौ: कमल थापा



अ+ अ-

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाली पैसामा पृथ्वीनारायण शाहको तस्विर अंकित गर्न माग गर्नु भएको छ।

राप्रपा नेपालद्वारा ३०१ औं पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिबसको अवसरमा आयोजना गरेको चियापान समारोहलाई सम्बोधन गर्दै अध्यक्ष थापाले पृथ्वीनारायण शाह कुनै राजनीतिकवाद र विचार भन्दा माथि रहेको भन्दै नेपाल एकिकरणको अभियान एक संस्थासँग मात्रै सम्बन्धित नभई नेपाललाई नाम र पहिचान दिने महान् कार्य भएको बताउँदै उहाँलाई सम्मान दिन राज्यले कन्जुस्याइँ गर्न नहुने बताउँनु भयो।

७४ सालमा आफू सरकारमा रहँदा राज्यले नै ओपचारिक रुपमा पृथ्वी जयन्ती मनाइएको स्मरण गर्दै यसपटक पृथ्वी जयन्ती एवं एकता दिवसमा राज्यको उपस्थिति नभएको प्रति रोश प्रकट गर्नु भयो अध्यक्ष थापाले भन्नू भयो ‘राज्यले यसपटक बिदा दिएतापनि त्यो बिदा राजनैतिक स्वार्थ परिपुर्ति गर्ने माध्यमका लागि मात्रै भएको छ, अघिल्ला वर्ष जस्तै सरकारी निकाय नेपाल प्रज्ञा प्रतिष्ठान मार्फत सरकारले मनाउने पृथ्वी जयन्ती यसपटक रोकिएको छ।’ ७४ साल देखि निरन्तर राष्ट्र निर्माताप्रति श्रद्धा अर्पण गर्ने गरेको प्रति राष्ट्रपतिप्रति भने उहाँले धन्यवाद अर्पण गर्नु भयो।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक एवं इतिहासविद् डा. रमेश ढुंगेल र वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले पृथ्वीनारायण शाहको योगदान र व्यक्तित्व माथि प्रकाश पारेका थिए।