८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द

पृथ्वी जयन्तीको दिन राज्यस्तरबाटै राष्ट्रिय एकता दिवसको रुपमा मनाउनुपर्नेः कमल थापा

पृथ्वी जयन्तीको दिन राज्यस्तरबाटै राष्ट्रिय एकता दिवसको रुपमा मनाउनुपर्नेः कमल थापा
अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले पृथ्वी जयन्तीको दिन राज्यस्तरबाटै राष्ट्रिय एकता दिवसको रुपमा मनाउनुपर्ने बताउनु भयो ।

बुधवार ३०१ औँ पृथ्वी जयन्तीको अवसरमा राप्रपाले काठमाडौंमा आयोजना गरेको जलपान कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उहाँले नेपाली भन्ने नाम र पहिचान पृथ्वीनारायण शाहले दिएको उल्लेख गर्दै प्रत्येक नागरिकले शाहप्रति सम्मान व्यक्त गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘राप्रपा मेरो पनि पार्टी हो । यो पार्टी स्थापना र पार्टीलाई उचाइमा पुर्याउनको निमित्त मैले धेरै ठूलो मेहनत गरेको छु । रगत पसिना बगाएको छु । त्यसैले राप्रपाको कार्यक्रममा सहभागि हुँदाखेरी स्वभाविक रुपमा मलाई खुशी लाग्छ र गौरवको अनुभव हुन्छ ।

केही विचारमा भिन्नताको कारणले हामी अलग अलग छौँ तर म जहिले पनि राप्रपाको उत्तरोत्तर प्रगतीको कामना गर्दछु । अहिले जेजस्तो किसिमको सफलता उहाँहरुले हाँसिल गर्नुभएको छ त्यो प्रशंसनीय छ । पृथ्वीनारायण शाह केवल एउटा राजनीतिक व्यवस्था वा राजनीतिक विचारसँग सम्बन्धित होइनन् । उनले हामीलाई नेपाली भन्ने नाम र पहिचान दिएका छन् । त्यसअर्थ नेपाली भएकोमा गर्व गर्ने प्रत्येक नागरिकले राष्ट्र निर्माताप्रति सम्मान व्यक्त गर्नुपर्दछ ।

राष्ट्रिय एकता दिवस राज्य स्तरबाटै भव्य रुपमा मनाउनुपर्छ भन्ने मलाई लाग्दछ । सरकारले पृथ्वी जयन्तीमा जुन सार्वजनिक बिदा दिएको छ, त्यसको निमित्त म सरकारलाई धन्यवाद दिन चाहन्छु । यो प्रयास भएकोमा राप्रपालाई पनि धन्यवाद । आगामी दिनमा केवल बिदा दिने मात्र होइन राज्यस्तरबाटै राष्ट्रिय एकता दिवस मनाउने काम हुनुपर्दछ ।’

केही समय अघि राप्रपा त्यागेर अर्को पार्टी गठन गरेका अध्यक्ष थापाले राप्रपामा आफूले रगत र पसिना बगाएको भन्दै राप्रपाको कार्यक्रममा आउन पाउँदा खुशी र गौरवको अनुभुति हुने बताउनु भयो । राप्रपाले हाल पाएको सफलता प्रशंसनीय भएको भन्दै उहाँले अझ उन्नति र प्रगतिको कामना गर्नुभयो ।