२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

पृथ्वी जयन्तीको दिन राज्यस्तरबाटै राष्ट्रिय एकता दिवसको रुपमा मनाउनुपर्नेः कमल थापा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले पृथ्वी जयन्तीको दिन राज्यस्तरबाटै राष्ट्रिय एकता दिवसको रुपमा मनाउनुपर्ने बताउनु भयो ।

बुधवार ३०१ औँ पृथ्वी जयन्तीको अवसरमा राप्रपाले काठमाडौंमा आयोजना गरेको जलपान कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उहाँले नेपाली भन्ने नाम र पहिचान पृथ्वीनारायण शाहले दिएको उल्लेख गर्दै प्रत्येक नागरिकले शाहप्रति सम्मान व्यक्त गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘राप्रपा मेरो पनि पार्टी हो । यो पार्टी स्थापना र पार्टीलाई उचाइमा पुर्याउनको निमित्त मैले धेरै ठूलो मेहनत गरेको छु । रगत पसिना बगाएको छु । त्यसैले राप्रपाको कार्यक्रममा सहभागि हुँदाखेरी स्वभाविक रुपमा मलाई खुशी लाग्छ र गौरवको अनुभव हुन्छ ।

केही विचारमा भिन्नताको कारणले हामी अलग अलग छौँ तर म जहिले पनि राप्रपाको उत्तरोत्तर प्रगतीको कामना गर्दछु । अहिले जेजस्तो किसिमको सफलता उहाँहरुले हाँसिल गर्नुभएको छ त्यो प्रशंसनीय छ । पृथ्वीनारायण शाह केवल एउटा राजनीतिक व्यवस्था वा राजनीतिक विचारसँग सम्बन्धित होइनन् । उनले हामीलाई नेपाली भन्ने नाम र पहिचान दिएका छन् । त्यसअर्थ नेपाली भएकोमा गर्व गर्ने प्रत्येक नागरिकले राष्ट्र निर्माताप्रति सम्मान व्यक्त गर्नुपर्दछ ।

राष्ट्रिय एकता दिवस राज्य स्तरबाटै भव्य रुपमा मनाउनुपर्छ भन्ने मलाई लाग्दछ । सरकारले पृथ्वी जयन्तीमा जुन सार्वजनिक बिदा दिएको छ, त्यसको निमित्त म सरकारलाई धन्यवाद दिन चाहन्छु । यो प्रयास भएकोमा राप्रपालाई पनि धन्यवाद । आगामी दिनमा केवल बिदा दिने मात्र होइन राज्यस्तरबाटै राष्ट्रिय एकता दिवस मनाउने काम हुनुपर्दछ ।’

केही समय अघि राप्रपा त्यागेर अर्को पार्टी गठन गरेका अध्यक्ष थापाले राप्रपामा आफूले रगत र पसिना बगाएको भन्दै राप्रपाको कार्यक्रममा आउन पाउँदा खुशी र गौरवको अनुभुति हुने बताउनु भयो । राप्रपाले हाल पाएको सफलता प्रशंसनीय भएको भन्दै उहाँले अझ उन्नति र प्रगतिको कामना गर्नुभयो ।