२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पृथ्वी जयन्तीका अवसरमा राप्रपाको जलपान



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ३०१औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका सन्दर्भमा आज भृकुटीमण्डपमा जलपान कार्यक्रमको आयोजना गरेको छ । जलपान समारोहमा विभिन्न राजनीतिक दलका अध्यक्ष, नेपाल सरकारका उपप्रधानमन्त्री तथा मन्त्रीहरू, समाजका लब्धप्रतिष्ठित व्यक्तिको सहभागिता रहेको छ ।

समारोहमा नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपप्रधानमन्त्रीद्वय नारायणकाजी श्रेष्ठ र रवि लामिछाने, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतका नेताको उपस्थिति थियो ।

जलपान समारोहमा समाजका विभिन्न क्षेत्रका व्यक्तित्व, कलाकार, पेशाकर्मी, उद्यमी, व्यवसायीलगायत सर्वसाधारणको पनि उल्लेख्य सहभागिता थियो । राप्रपाले प्रत्येक वर्ष पृथ्वी जयन्तीको अवसर पारेर जलपान कार्यक्रम आयोजना गर्दै आएको छ । पृथ्वी जयन्तीको अवसरमा नेपाल सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

कार्यक्रममा विभिन्न क्षेत्रका जातजाति, वेशभूषा झल्कने झाँकी प्रस्तुत गरिनुका साथै भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन गर्ने कविता एवं गीतसङ्गीत प्रस्तुत गरिएको थियो । कार्यक्रममा आमन्त्रण गरिएका पाहुनालाई राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन, नेताहरू बुद्धिमान तामाङ, रवीन्द्र मिश्र, निरञ्जन थापा र धवलशम्शेर राणालगातयले स्वागत गर्नुभएको थियो ।

राप्रपा अहिले संसद्मा पाँचौँ ठूलो दलका रूपमा रहेको छ । प्रतिनिधिसभामा राप्रपाका १४ सांसद छन् । रासस