• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   मुलुक बाहिर बसेर आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउन गैर आवासीय नेपालीलाई महासंघ… ★   नर्वेद्वारा युक्रेनलाई १० करोड ३० लाख डलर सहयोग ★   मेलाबाट भएको आम्दानीबाट पर्यटन पूर्वाधार निर्माण ★   गजुरीदेखि चौतारा जोड्ने सडक कालोपत्र सुरु ★   विश्वकपबाट बाहिरिएपछि पाकिस्तानी अलराउन्डरले भने– यो पाकिस्तान क्रिकेटको सबैभन्दा तल्लो स्तर हो ★   धनुषाबाट आठ दिनदेखि बेपत्ता महिलाको शव फेला ★   नेप्से परिसूचक १७ अङ्कले घट्यो ★   मधेस प्रदेशको बजेट २२ करोडले घट्यो ★   चित्रबहादुर केसीको दाबी: संघीयताले मुलुकलाई दुर्गतितर्फ लग्यो ★   बंगलादेशसँग १० वर्षअघिको बदला लिने धुनमा नेपाल

लुम्बिनी प्रदेश: मुख्यमन्त्रीमा लिला गिरी नियुक्त



बुटवल । नेकपा (एमाले) लुम्बिनी प्रदेश संसदीय दलका नेता लिला गिरी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ ।

प्रदेशप्रमुख अमिक शेरचनले उहाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

८७ सदस्यीय प्रदेशसभामा उहाँलाई ५८ सदस्यको समर्थन छ । एमालेका २९ सहित सत्ता गठबन्धनका नेकपा (माओवादी केन्द्र) का १०, राप्रपाका ४, जसपा र जनमत पार्टीका ३/३ र नागरिक उन्मुक्ति पार्टीका ४ जनाको समर्थनमा गिरी मुख्यमन्त्री बन्नुभएको हो । त्यस्तै उहाँलाई लोसपाका ३ र स्वतन्त्र २ सदस्यले समेत समर्थन गर्नुभएको छ ।