२३ जेष्ठ २०८३, शनिबार
,
Latest
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेस प्रदेश: मुख्यमन्त्रीका लागि जसपाका सरोजकुमार यादवको दाबी पेश



अ+ अ-

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) ले मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दाबी पेश गरेको छ ।

जसपा प्रदेश संसदीय दलका नेता सरोजकुमार यादबले मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको हो । उहाँले प्रदेशप्रमुख हरिशंकर मिश्रसमक्ष ६३ प्रदेशसभा सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको बताइएको छ ।

सत्ता साझेदार दलहरुबीच पहिलो चरणमा मेधस प्रदेशमा मुख्यमन्त्री जसपालाई दिइने भएको सहमतिअनुसार यादब मुख्यमन्त्री बन्दै हुनुहुन्छ । दोस्रो चरणको मुख्यमन्त्री जनमत पार्टीले पाउने सहमति भएको छ ।

मधेश प्रदेशमा सरकार गठनका लागि कुनै पनि दलसँग एकल बहुमत नभएकाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलका सदस्यको समर्थनमा सरकार गठन गर्न लागिएको हो ।

एक सय ७ सदस्यीय प्रदेशमा बहुमतका लागि ५४ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ । यादबलाई सत्ता गठबन्धनमा रहेका नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जनमत पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नागरिक उन्मुक्ति पार्टी र तीन स्वतन्त्रसहित कूल ६३ सदस्यले समर्थन गरेका छन् ।

प्रदेशप्रमुख मिश्रले सरकार गठनका लागि भोलि पुस २९ गते साँझ ५ बजेसम्मका लागि समयसीमा दिनुभएको थियो ।




भर्खरै