९ पुष २०८२, बुधबार
,
Latest
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने मादीसेती मोटरेबल पुल पाँच वर्षसम्म बनेन राजधानीका तीन होटलको खाद्य गुणस्तर कमजोर पाँच महिनामा सात अर्ब ८४ करोडको पेट्रोलियम पदार्थ आयात यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा भारतको सहयोगमा निर्माण हुने दुई परियोजनाको शिलान्यास आजदेखि साताव्यापी ‘विराट ट्रेड एक्स्पो’, २०० बढी स्टल रहने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त सरकारले रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

देश झनै संकटमा जानसक्ने स्थिति देखियोः अध्यक्ष केसी



अ+ अ-

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रमुख प्रतिपक्षले नै सरकारको समर्थन गरेपछि देश झनै संकटमा जानसक्ने आशंका व्यक्त गर्नुभएको छ ।

उहाँले सरकारलाई खबरदारी गर्ने प्रमुख प्रतिपक्षले सरकारलाई समर्थन गरेको भन्दै देश झनै संकटमा जानसक्ने आशंका व्यक्त गर्नुभएको हो । मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले राष्ट्रिय जनमोर्चा एक्लै भएपनि प्रतिपक्षमा रहने बताउनु भयो । उहाँले आफ्ना गल्ती पन्छाउने र एउटा दललाई सरकारबाट निकालेर आफू सरकारमा बस्न सबै दल एक ठाउँमा भएको हुनसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालमा आज विचित्र के भयो भने भएभरका सबै सरकारमा सामेल हुने, सरकारलाई समर्थन गर्ने भनेर लागेका छन्, यहाँभन्दा हाइसन्चो अरु के हुन्छ । सत्ता पक्षमा बस्नेलाई यहाँ भन्दा आनन्द के हुन्छ ? यो कुन किसिमको समर्थन हो । मैले बुझ्न सकिन । आफ्ना गल्ती पन्छाउन र एउटालाई सरकारबाट पन्छाएर आफू आउने खेल त होइन यो । यसो गरेर देश बन्छ ? सरकार चल्छ ? यस खालको दृश्य डरलाग्दो छ ।’

अध्यक्ष केसीले बोरामा पैसा लगेर चुनाव जितेर आएकाहरुबाट सरकारमा नगइ, देशको प्राकृतिक श्रोत,साधनको दोहन नगरी चुनावको खर्च नउठ्ने भएकाले सबै एक ठाउँमा जम्मा भएको हुनसक्ने बताउनु भयो ।