५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रलाई पहिचान दिनेलाई सम्मान गर्न कसैले पनि हिनताबोध गर्नुपर्दैन: राजेन्द्र लिङ्देन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सुरुमै प्रधानमन्त्रीमा प्रस्ताव गर्दा पत्रमै हस्ताक्षर गरेर समर्थन गरिसकेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत माग्न गर्नुभएको प्रस्तावमाथिको छलफलमा उहाँले राप्रपा विश्वासको पक्षमा रहेको बताउनुभयो ।

उहाँले प्रतिनिधिसभामा कुनै पनि दलको बहुमत छैन भन्दै अहिले सबै मिलेर जानुपर्ने आवश्यकता रहेको बताउनुभयो । अध्यक्ष लिङ्देनले प्रधानमन्त्री प्रचण्डबाट सुशासन र राष्ट्रियतको पक्षमा व्यक्त प्रतिबद्धताप्रति राप्रपाको सधैँ साथ र सहयोग रहने स्पष्ट गर्नुभयो ।

उहाँले पृथ्वी जयन्ती (पुस २७ गते) लाई सार्वजनिक बिदा दिने निर्णय गरेकामा सरकारप्रति आभार तथा धन्यवाद प्रकट गर्नुभयो । उहाँले राष्ट्र निर्मातालाई सम्मान गर्दा कसैले पनि हिनताबोध गर्न नपर्ने उल्लेख गर्दै भन्नुभयो, “नेपाल राष्ट्र भएकाले नै प्रचण्ड आज प्रधानमन्त्री हुनुहुन्छ, राष्ट्रलाई पहिचान दिनेलाई सम्मान गर्न कसैले पनि हिनताबोध गर्नुपर्दैन ।”

अध्यक्ष लिङ्देनले इतिहासको गौरवलाई सम्मान गरेर अगाडि बढ्दा कसैले पनि पछाडि फर्केको महसुन गर्नु नपर्ने बताउनुभयो ।

तस्बिरः रत्न श्रेष्ठ-रासस




भर्खरै