२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डलाई बिश्वासको मत दिने काग्रेसको निर्णय अस्वाभाविक: डा. मिनेन्द्र रिजाल



अ+ अ-

काठमाडौं । नेपाली काग्रेसका नेता डा मिनेन्द्र रिजालले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई बिश्वासको मत दिने कांग्रेसको निर्णय अस्वाभाविक भएको जनाउनु भएको छ ।

काग्रेस संसदीय दलले दाहाललाई बिश्वासको मत दिने निर्णय गरेको केही समय पछि सामाजिक संञ्जालमा रिजालले लेख्नु भएको छ ‘प्रस्तावको पक्षमा मत दिने नेपाली काङ्ग्रेसको निर्णय अस्वाभाविक छ ।’

उहाँले लेख्नुभएको छ –

लोकतन्त्रमा सरकार र प्रतिपक्षको सम्बन्ध स्वस्थ्य प्रतिस्पर्धा, आलोचना, खबरदारी र विकल्प प्रस्तुतिको हुनुपर्दछ। प्रधानमन्त्रीमाथिको विश्वासको मतको प्रस्तावको विपक्षमा मत दिनुले सम्बन्ध वैमनस्यताको बन्दैन। त्यसैले यो प्रस्तावको पक्षमा मत दिने नेपाली काङ्ग्रेसको निर्णय अस्वाभाविक छ।