६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्ड सरकारलाई कांग्रेसले विश्वासको मत दिने



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने भएको छ । कांग्रेस कार्यसम्पादनको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार बिहान आफ्नो निवास धुम्बाराहीमा बसेको पार्टी पदाधिकारीको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिनुपर्ने प्रस्ताव गर्नुभएको थियो ।

तर पदाधिकारी बैठकमा विश्वासको मत दिनेबारे एक मत हुन नसकेपछि यसको जिम्मा कार्यसम्पादन समितिलाई दिइएको थियो ।

पदाधिकारी बैठकमा विश्वासको मत दिन नहुने मत जाहेर गर्ने पदाधिकारीहरुले यसबारे केन्द्रीय समितिले निर्णय गर्नुपर्ने माग गर्नुभएको थियो । तर तत्कालै केन्द्रीय समितिको बैठक बस्न असम्भव भएकाले कार्यसम्पादन समिति बैठकले निर्णय गरी बैठक बोलाइएको थियो ।

कार्यसम्पादन समितिलाई केन्द्रीय समितिले गर्ने निर्णय गर्ने अधिकार दिइएको थियो ।