२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी प्रदेशः मुख्यमन्त्रीमा एमाले नेता लीला गिरी आजै नियुक्त हुने



अ+ अ-

रुपन्देही । लुम्बिनी प्रदेशमा नेकपा एमालेका संसदीय दलका नेता लीला गिरीले आज मुख्यमन्त्रीका लागि दाबी पेश गर्दैछन् । दाबी पेश गर्न लागेका गिरीलाई प्रदेश प्रुमख अमिक शेरचनसमक्ष आजै मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी रहेको बताईएको छ ।

प्रदेश प्रमुख शेरचनले मुख्यमन्त्रीको लागि बुधबार अपरान्ह ४ बजेसम्मको समय सीमा तोकेका थिए । तर सत्तारुढ गठबन्धनका दलहरूले आज मंगलबार नै दाबी पेश गर्न लागेका हुन् ।

लुम्बिनी प्रदेशसभामा ८७ जना सांसद रहेका छन् । जसअन्तर्गत बहुमतका लागि कम्तीमा ४४ सांसदको समर्थन चाहिन्छ । सत्ता साझेदार दलमा नेकपा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्तिका ४/४ तथा जसपा र जनमत पार्टीका ३/३ सांसद रहेका छन् । यससँगै सत्ता गठबन्धनसँग ५३ सीट रहेको छ । साथै, स्वतन्त्रबाट निर्वाचित २ सांसदले पनि एमाले नेतृत्वलाई समर्थन गर्ने बताईएको छ ।