९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सनराइज बैंक र लक्ष्मी बैंक बीच मर्जर सम्झौता



अ+ अ-

काठमाडौँ । सन्राइज बैंक लिमिटेड तथा लक्ष्मी बैंक लिमिटेडको संचालक समितिहरुको बैठकको निर्णयानुसार सन्राइज बैंक लिमिटेड र लक्ष्मी बैंक लिमिटेड बीच गाभ्ने गाभिने (मर्जर) कार्यका लागि हिजो मिति २०७९ पौष २५ गतेका दिन नक्साल स्थित होटल मेरियटमा दुबै संस्थाका अध्यक्षज्यूहरुबाट प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको छ ।

दुबै संस्थाका सम्पत्ति तथा दायित्व मूल्यांकन गर्न विषेशज्ञलाई तत्काल नियुक्त गरी सोको प्रतिवेदन प्राप्त भएपछि संयुक्त मर्जर समितिमा विस्तृत छलफल गरी समितिले सिफारिश गरेको प्रतिशेयर मूल्यलाई दुवै पक्षको संचालक समितिले स्वीकृत गरी साधारण सभाबाट स्वीकृति भए बमोजिमको शेयर अनुपात कायम हुने र प्राविधिक रुपमा एकिकरणको प्रक्रिया छिटो छरितो गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्था सम्बन्धी प्रचलित ऐन तथा बैंङ्क तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ अन्तर्गतको मार्ग अवलम्वन गर्न दुवै पक्ष सहमत भएको हो ।

सन्राइज बैंक लिमिटेडको चुक्ता पूँजी करिब रु. १० अर्ब १२ करोड रहेको छ भने लक्ष्मी बैंकको चुक्ता पूँजी करिब रु। ११ अर्ब ५५ करोड रहेको छ । गत मङ्सीर मसान्तकोवित्तिय विवरण अनुसार सन्राइज बैंक लिमिटेडकोकूल निक्षेप रु. १३२.३१ अर्ब, कर्जा रु. १२२.५३ अर्ब रहेकोर बैंककोशाखा सञ्जाल १३९, एक्सटेन्सन काउण्टर १३, शाखा रहित बैंकिङ्ग सेवा ९८ र १६१ एटीएम मार्फत बैंकका ग्राहकहरुलाईसेवा प्रदान गर्दैआएकोछ ।

सोही अवधिमा लक्ष्मी बैंक लिमिटेडको शाखा सञ्जाल १४३, एक्सटेन्सन काउण्टर १४ शाखा रहित बैंकिङ्ग सेवा ६४ र १७६ स्थानमा एटीएम जडान गरी बैंकका ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएकोछ । दुबैसंस्था एक आपसमा गाभिए पश्चात बैंककोशाखा सञ्जालमा बृद्धि हुन गई शाखाकोसंख्या २८२, एक्सटेन्सन काउण्टरकोसंख्या २७, शाखा रहित बैंकिङ्ग सेवाको संख्या १६१ र एटिएमकोसंख्या ३३७ पुग्नेछ भनेबैंककोकूल निक्षेप रु. २७६.१२ अर्ब तथा कुल कर्जा रकम रु. २५५.२३ अर्ब पुग्नेदेखिन्छ भने दुबै संस्था एक आपसमा गाभिए पश्चात नेपाल राष्ट्र बैंकले लिएको लक्ष अनुरुप वाणिज्य बैंकहरुको संख्या घटन गई बैंकको पहुच तथा व्यवसाय क्षमतामा व्यापक वढोत्तरी हुनुका साथै नेपाली अर्थतन्त्रमा बैंकको उपस्थिति अझ सवल हुन गई सबै पक्षलाई लाभदायक हुनेमा दुवै बैंक विश्वस्त छ ।