१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर

पैतालीस वर्षदेखि रामकृष्णको प्रतीक्षामा परिवार

पैतालीस वर्षदेखि रामकृष्णको प्रतीक्षामा परिवार
अ अ+ अ-

प्रजातन्त्र स्थापना एवं पुनःस्थापनाका लागि २८ वर्ष सङ्घर्ष गर्नुभएका रामकृष्ण द्विवेदीले प्रजातान्त्रिक आन्दोलनमा लाग्दा लाग्दै कमलपोखरीको घर नै गुमाउनुभयो । विसं १९८६ को फागुनमा कमलपोखरीमा जन्मनुभएका रामकृष्ण १९ वर्षको उमेरमा विसं २००५ देखि नेपाली कांग्रेसमा सक्रिय हुनुभएको थियो । 

नेपालबाट जहानियाँ राणा शासनको अन्त्य गरी प्रजातन्त्र स्थापनाका लागि उहाँ मुक्ति सेनामा सक्रिय हुनुभयो । प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले २००७ साल कात्तिक २६ गतेदेखि सुरु गरेको सशस्त्र सङ्घर्षमा रामकृष्ण रक्सौल, जयनगर–जनकपुर क्षेत्रको कमाण्डरका रुपमा सक्रिय हुनुभएको थियो । 

एकतन्त्रीय राणा शासनको अन्त्य गरी प्रजातन्त्र स्थापनाका लागि त्यस क्षेत्रमै पहिलो फायरिङ गर्ने इतिहाससमेत रच्नुभएका उहाँ केही समयपछि पक्राउ पर्नुभयो । केही महिनाको कठिन कारावासपछि प्रजातन्त्र स्थापना हुने दुई दिनअघि अर्थात् २००७ साल फागुन ५ गते उहाँ रिहा हुनुभएको थियो । राणा शासनको अन्त्यपछि रामकृष्ण टोल सुधार सङ्घ र पार्टीको जिल्ला स्तरीय नेतृत्वमा सक्रिय हुनुभयो । 

विसं २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भए पनि राजनीतिक अन्योलता कायम थियो । राजा त्रिभुवनले घोषणा गर्नुभएअनुसार संविधानसभाको निर्वाचन हुन सकेन । संविधानसभाको निर्वाचन नगर्न अनेक राजनीतिक षड्यन्त्र भए । प्रजातन्त्र स्थापना भएको भनिए पनि कुनै पनि निर्वाचन नहुँदा राजाबाट मनोनीत सरकारले देश चलाउन थाले । यसको विरोधमा कांग्रेसले २०१४ सालमा भद्र अवज्ञा आन्दोलन ग¥यो । जनताबाट निर्वाचित प्रतिनिधिबाट शासन गर्ने व्यवस्था स्थापनाका लागि उहाँ पनि त्यस आन्दोलनमा सक्रिय हुनुभयो । 

भद्र अवज्ञा आन्दोलनका क्रममा रामकृष्ण फेरि गिरफ्तार हुनुभयो । नजरबन्दबाट छुटेपछि पुनः उहाँ पार्टी सङ्गठन विस्तारका काममा लाग्नुभयो । विसं २०१५ फागुन ७ गते सम्पन्न पहिलो संसदीय निर्वाचनमा नेपाली कांग्रेसका उम्मेद्वारलाई जिताउन उहाँ लाग्नुभयो । निर्वाचनपछि पार्टीका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा सरकार गठन भयो । सरकारले ‘जसको जोत उसको पोत’ जस्ता जनमुखी कार्यक्रम अघि सारेपछि भूमिपति एवं उच्च घरानियाँको कोपभाजनमा प¥यो । त्यो शक्तिको उक्साहटमा तत्कालीन राजा महेन्द्रले २०१७ साल पुस १ गते नेपाली सेनाको आडमा पहिलो जननिर्वाचित सरकारलाई अपदस्त गरी निर्दलीय पञ्चायती व्यवस्थाको सूत्रपात गर्नुभयो । 

तत्कालीन राजा महेन्द्रको प्रजातन्त्र विरोधी कामका विरुद्ध रामकृष्णजस्ता युवा खरो रुपमा सडकमा निस्कनुभयो । उहाँलाई प्रहरीले समाती डेढ वर्षसम्म कठोर यातनासहित कारागारमा राख्यो । कारागारमुक्त भएपछि पद र पैसाको प्रलोभनमा लागेका कयौँ कांग्रेस कार्यकर्ताले विभिन्न अवसर पाए । तर रामकृष्णले प्रजातन्त्रको मूल्यमा पद र पैसासँग सम्झौता गर्नुभएन ।

यसै समयमा दुई छोरा र पत्नीसहितको जीवन निर्वाह गर्न धौधौ भयो । यसैबीच उहाँ राजनीतिमा सक्रिय भई परिवारमा आय आर्जन गर्ने मानिस नभएपछि कमलपोखरीको घर बिक्री गरेर परिवारले जीवन निर्वाह गर्न बाध्य हुनुपरेको थियो । विकट पारिवारिक परिस्थितिले पनि उहाँको प्रजातन्त्र पुनःस्थापना गराइ छाड्ने सङ्कल्पमा प्रभाव पार्न सकेन ।

यता पञ्चायती सरकारसँग पद र पैसामा सम्झौता नगर्ने नीति लिनुभएका रामकृष्ण भने भारत निर्वासनमा जान बाध्य हुनुपरेको थियो । त्यसबेला जेल मुक्त भएका काँग्रेसका नेता कार्यकर्तालाई पद एवं पैसा बाँडेर पार्टीको सङ्गठन कमजोर बनाउने पञ्चायती सरकारको नीति थियो । त्यस नीतिको पछि उहाँ लाग्नुभएन । भारत निर्वासनका क्रममा पनि विसं २०२१ मा उहाँ कलकत्तामा राजनैतिक बन्दी बनाइनुभयो । भूमिगत रुपमा २०२३ साल चैत महिनामा नेपालमा फर्किएर पार्टी सङ्गठन बिस्तार अभियानका माध्यमबाट प्रजातन्त्र पुनःस्थापनामा लाग्नुभएका रामकृष्ण २०२६ सालमा प्रशासनले कडा निगरानी गर्न थालेपछि फेरि भारत निर्वासनमा जान बाध्य हुनुभयो । 

कहिले भारतमा कहिले नेपालमा लुकिछिपी उहाँले प्रजातन्त्र पुनःस्थापनाका लागि योगदान गर्नुभयो । निर्वासित जीवनबाट २०३२ चैतमा नेपाल फर्किएर भूमिगत रुपमा राजनीतिक गतिविधिमा सक्रिय हुनुभएका रामकृष्ण २०३३ सालको बडादशैँअघि एक्कासी परिवारका बीचबाट अलप हुनुभयो । अलप भएको ४५ वर्ष पूरा हुँदा पनि परिवारमा उहाँको अत्तोपत्तो छैन ।
 
उहाँकी धर्मपत्नी सावित्री बिरामी भएर दुई महिनाअघिदेखि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका लागि भर्ना हुनुभएपछि परिवारले उहाँको आवश्यकता बढी नै महसुस गरेको छ । उहाँका कनिष्ठ सुपुत्र अधिवक्ता विश्वभूषण दवाडी पिताको अवस्था थाहा पाउन परिवारका लागि जरुरी भएको बताउनुहुन्छ । प्रजातन्त्र सेनानी रामकृष्णको अवस्थाका बारेमा थाहा नपाएर पितृ ऋण मुक्तिका लागि गर्नुपर्ने काममा समस्या हुनेभएपछि पार्टीले खोजखबरमा केही गरिदिन्छ कि भन्ने आशामा परिवारजन रहेका छन् । कांग्रेस नेतृत्वको सरकारले उहाँको वास्तविक अवस्थाका बारेमा खोजखबर गरिदिन परिवाजनको माग छ ।

आमाको स्वास्थ्य बिग्रिएपछि अमेरिकामा रहनुभएका जेठा छोरा दीपक दवाडी पनि अहिले नेपाल आइपुग्नुभएको छ । उहाँको चाहना पनि पिताको अवस्था पत्ता लगाउनु रहेको छ । जीवनकालका २८ वर्ष प्रजातन्त्र स्थापना एवं पुनःस्थापनाका लागि लाग्नुभएका रामकृष्णको लामो समय पितृ वात्सल्य नपाए पनि दुवै पुत्रलाई कुनै गुनासो छैन । प्रजातन्त्र प्राप्ति एवं पुनःप्राप्तिमा उहाँले गर्नुभएको योगदानबाट परिवार प्रसन्न रहेको छ । रामकृष्ण सबै जनतालाई अभिभावकत्व दिनुभएकामा परिवारजन खुसी रहेको हो ।

प्रजातन्त्र प्राप्तिका लागि कमलपोखरीको घर गुमाएको दवाडी परिवारले २०३४ सालतिर राजनैतिक पीडितलाई सर्लाहीमा दिएको सहयोग भने पाएको छ । सर्लाहीमा तीन बिगाहा जग्गा पाएको उहाँको पारिवारिक स्रोतले जनाएको छ । काँग्रेसका पूर्वमहामन्त्री वासु रिसालका समकालीन नेता रामकृष्णलाई बिपी, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालाले पनि माया र सम्झना गर्ने गर्नुभएको थियो ।रासस