१७ आश्विन २०८१, बिहीबार
,
Latest
एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै बङ्गलादेशसँग बिजुली निर्यात सम्बन्धी सम्झौतामा हस्ताक्षर एसएस फाउण्डेशनद्वारा चणिकलाल तामाङलाई सम्मान पशुपतिनाथको स्वामित्वमा रहेको धर्मशाला २१ वर्षपछि फिर्ता कोशीको बाढी: कसैलाई डर, कसैलाई अवसर रात्रीकालिन बसलाई नरोक्नेमाथि कारबाहीको प्रक्रिया अगाडी बढेको छ: मन्त्री दाहाल दशैँ अगाडी विपी राजमार्ग खुल्दैन: भौतिक मन्त्रालय नेपाललाई तहसनहस बनाएपछि भारतको बिहार बाढीको चपेटामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखराको फेवातालदेखि सराङकोटसम्म केबलकार सञ्चालनमा



अ+ अ-

पोखराको पर्यटकीय गन्तव्य फेवाताल किनारबाट सराङकोटडाँडासम्म शुक्रबारदेखि  ‘अन्नपूर्ण केबुलकार सञ्चालनमा आएको छ । फेवाताल र सराङकोटडाँडा दुई पर्यटकीय गन्तव्यलाई जोड्नको लागि अन्नपूर्ण केबुलकार प्रालीले केवलकार निर्माण गरेको हो । केबुलकार पोखरा महानगरपालिका–१८ को सेदीबाट सराङकोटसम्म २ हजार २६५ मिटर लामो रहेको छ । १३ वर्ष अगाडि अध्ययन भएर २ अर्ब भन्दा बढी लगानीमा निर्माण गरेर शुक्रबार देखि व्यवसायीक सेवा शुरुवात गरिएको अन्नपूर्ण केबुलकार प्रालीका निर्देशक तिर्थ त्रिपाठीले वताउनु भयो ।

उहाँले केबुलकारको क्षमता १ घण्टामा २ हजार मान्छेहरु ओहोर दोहोर गराउने सक्ने रहेको बताउनु भयो । त्रिपाठीले अहिले सञ्चालनमा आएको आधा क्षमताको मात्रै भएकाले जानकारी दिनुभयो। उहाँले भन्नुभयो,‘ १३ वर्ष अगाडि हामीले जापानी मुलुकको नेपाली नागरिक ताकासी म्याआरा ज्युलाई नेपालमा लिएर आए । उसलाई ल्याएर सर्भे गर्दा केवलकारको लागि यो स्थान उचित लाग्यो। त्यसपछि यहाँ र माथि केही जग्गा किन्यौँ । जग्गा बइना लगाएर अन्नपूर्ण केवलकार प्राली भनेर कम्पनी दर्ता गरायौँ । कम्पनी दर्ता गरेर काम अगाडी बढायौँ । अहिले सफल भएका छौँ । यो केवलकारको क्षमता १ घण्टामा १५ सय जना मान्छेहरु ओहोर दोहोर गर्न सक्छन  । अझ यो आधा क्षमताको हो । अहिले १७ वटा छन। यसमा ३५ वटासम्म राख्न सक्छौँ । यसरी यो केवलकारले एक घण्टामा २ हजार जनाले सेवा लिन सक्छन् । यसमा एक दिनमा पाँच हजार जना यात्रा चढाउन सक्यौँ भने राम्रो हुन्छ । अहिलेसम्म २ अर्ब भन्दा बढी लगानी भएको छ ।’

त्यस्तै अन्नपूर्ण केबुकार प्रालीका प्रबन्ध निर्देशक दिनेश पौडेलले केबुलकार पोखराको गहना भएको बताउनु भयो । उहाँले फेवातालबाट साङकोटसम्म केबुलकारबाट ९ मिनेटमा पुग्न सकिने बताउनु भयो।

उहाँले भन्नुभयो,‘फेवाताल देखि साङकोटसम्मको दुरी पार गर्न सकिन्छ । यो केवकारमा बसेर फेवाताल सनराइजहरु र इन्टरनेशनल एयरपोर्टहरु लगायत उत्तरतिर भएका हिमालहरु सुर्यदय उदायको र अस्ताएको मनमोहक दृश्यहरु अवलोकन गर्न सकिन्छ । केही समयपछि आफ्नै प्राङगणभित्र स्काई साइकल र जिपलाइनहरु र सुइमिङ लिएर आएका छौँ । यो १५ दिनभित्र तयार हुन्छ । यो केवलकार पोखराको लागि गहना हो । पोखरा प्रर्यटकिय गन्तव्य भएकाले जसरी फेवातालमा ढुङगा चढ्ने गरेका छन । त्यसरी नै केवलकार चढ्ने छन ।’

केबुकारले आगामी नयाँ वर्षमा ‘ग्राण्ड लञ्चिङ’ गर्ने र हालका लागि ‘सफ्ट लञ्चिङ’मार्फत बिहान १० बजेदेखि साँझ ४ बजेसम्म व्यावसायिक संचालन गर्ने तयारी गरेको छ ।  स्वदेशी तथा विदेशी पर्यटक धेरै आउने पोखरामा पर्यटनको एउटा नयाँ ‘ब्राण्ड’ थपिएको हो । अंग्रेजी नयाँ वर्षका दिनदेखि व्यावसायिक संचालनको योजना रहेपनि प्राविधिक समस्याका कारण ढिलाइ भएको हो ।  केबुलकारको तल्लो स्टेशन समुद्र सतहदेखि ८२४ मिटरमा रहेकामा माथिल्लो स्टेशन एक हजार ४६५ मिटर रहेको छ। प्राकृतिक सुन्दरताले भरिएको पोखरामा केबुलकार पर्यटकको नयाँ गन्तव्य र रोजाइ बन्नेछ। प्राकृतिक सुन्दरताले विश्वमा नै ख्याति कमाएको सहरमा नयाँ गन्तव्यले पर्यटकको बसाइ लम्बाउन र थप पर्यटक भित्र्याउन सहयोग पुग्ने विश्वास लिइएको छ।

केबुलकार सञ्चालनपछि सुन्दर फेवाको किनारबाट केबुलकारमा चढेर ताल र हिमालर पोखरा शहर हेर्दै सराङकोट डाँडामा पुग्ने अवसर पर्यटकले पाएका छन । सराङकोट सूर्योदय र सूर्यास्तसहित हिमाल र तालको दृश्यावलोकनका लागि प्रख्यात छ। केबुलकारमा हालसम्म २ अर्ब लगानी भएको छ। विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण रोक्न जारी बन्दाबन्दीका कारणले पनि परियोजना सम्पन्न हुन ढिलाइ भएको र लागत बढेको हो। केबुलकारमा जडान गरिएका उपकरण र प्रविधि पछिल्लो समयमा विकास भएको आधुनिक भएको बताइन्छ। जापानको ‘निप्पल केबुल’ कम्पनीबाट डिजाइन र विकसित प्रविधिलाई प्रयोगमा ल्याइएको छ ।

केबुलकारमा पोखरा र काठमाडौँका प्रतिष्ठित व्यवसायीको लगानी छ।  कम्पनीले नेपालीका लागि ७ सय रुपैयाँ, सार्क राष्ट्रका पर्यटकका लागि ८ सय रुपैयाँ र तेस्रो मुलुकका नागरिकका लागि ९ डलर भाडादर तय गरिएको छ। ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिका लागि भाडामा ५० प्रतिशत छुटको व्यवस्था छ। स्थानीयवासीबाट २५ प्रतिशत र विभिन्न व्यवसायीबाट ७५ प्रतिशत आयोजनामा लगानी गरिएको छ।