५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूरै कार्यकाल एमालेले मुख्यमन्त्री पाएपछि गण्डकी माओवादी केन्द्रमा असन्तुष्टि



अ+ अ-

पोखरा । गण्डकी प्रदेशमा पूरै कार्यकाल नेकपा (एमाले) ले मुख्यमन्त्री पाएपछि प्रदेश माओवादी केन्द्रमा असन्तुष्टि देखिएको छ । माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले एमालेलाई पूर्ण कार्यकाल मुख्यमन्त्री दिने केन्द्रको निर्णयप्रति असन्तुष्टि जनाउनुभएको छ ।

उहाँले गण्डकी प्रदेशको सरकारको नेतृत्व आफूले पाउनुपर्ने बताउँदै आउनुभएको थियो । सत्ता साझेदरा दलबीच भएको प्रदेश भागबन्डामा गण्डकीको मुख्यमन्त्री पूरै कार्यकाल एमालेको भागमा परेको छ । सहमतिअनुसार सभामुख माओवादीले पाउने छ भने उपसभामुख एमालैको भागमा परेको छ ।

गण्डकी प्रदेशमा मुख्यमन्त्रीमा दाबी गर्ने समयसीमा आज अन्तिम दिन हो । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले दुई वा दुई दलको समर्थनमा बहमुत जुटाउन सक्ने प्रदेशभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी गर्न आजसम्मको समय दिनुभएको छ ।

केन्द्रले मुख्यमन्त्री एमालेलाई दिएको मिडियामा आएको भए पनि निर्णय भने अझै नपठाइसकेको भन्दै नेता चुमानले केन्द्रको निर्णय नआई सरकारमा कसरी जाने भनी प्रश्न गर्नुभयो ।

केन्द्रले एमालेलाई मुख्यमन्त्री बनाउने सहमति गरेपछि एमाले संसदीय दलका नेता खगराज अधिकारी पूरै कार्यकाल मुख्यमन्त्री बन्दै हुनुहुन्छ । गण्डकी प्रदेशमा एमालेका २२, माओवादी केन्द्रका ८ र राप्रपाका २ प्रदेशसभा सदस्यको समर्थनमा अधिकारी मुख्यमन्त्री बन्दै हुनुहुन्छ । ६१ सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका २७ र नेकपा (एकीकृत समाजवादी) का दुई प्रदेशसभा सदस्य हुनुहुन्छ ।