२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ता सहकर्मी सबै दलको मन्त्रिमण्डलमा प्रतिनिधित्व हुन्छः मुख्यमन्त्री कार्की



अ+ अ-

मोरङ । प्रदेश नं १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सत्ता सहकर्मी सबै दलको प्रतिनिधित्व हुने गरी मन्त्रिमण्डल निर्माण गर्ने बताएका छन् ।

प्रदेश नं १ प्रदेश प्रमुख परशुराम खापुङबाट आइतबार साँझ मुख्यमन्त्रीमा नियुक्ति भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सत्ता सहकर्मी दलहरूबीच छलफल गरी पुस २५ गते दिउँसो मन्त्रिमण्डल सदस्यको शपथ ग्रहण गर्ने जानकारी दिए ।

मुख्यमन्त्री कार्कीले प्रदेश सञ्चालनमा मुख्य प्राथमिकतामा सुशासन रहेको बताए । वर्तमान सरकार पाँच वर्ष सञ्चालन हुने छ भन्दै उनले मुख्यमन्त्रीमा आलोपालो सञ्चालन गर्ने सम्बन्धमा कुनै सम्झौता नभएको प्रष्ट पारे । उनले सभामुख कसले पाउने सम्बन्धमा आपसी छलफलद्वारा निर्णय गरिने जानकारी दिए । रासस