२४ जेष्ठ २०८३, आईतवार
,
Latest
झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिनमा कति पटक कफि पिउनुहुन्छ ? जानीराख्नुस् यसको असरहरु !



अ+ अ-

काठमाडौं । तपाई कफी पिउँन कत्तिको सौखिन हुनुहुन्छ रु हुनुहुन्छ भने याद गर्नुस् एक दिनमा चार कपभन्दा बढी नपिउनुस् । बढी कफी पिउँदा निद्रा लाग्दैन । र, मानसिक तथा शारीरिक समस्या पनि बढाउन सक्छ । यसले मानिसलाई डर पैदा गर्ने र मुटुको धड्कन रोक्ने सम्भावना पनि बढाइदिन्छ ।

कफी धेरै पिउँदा स्वास्थ्यका लागि खतरा हुने ब्रिटेनको सरकारी स्वास्थ्य संस्थाले गरेको एक अध्ययनले देखाएको छ । अनुसन्धानमा संलग्न विशेषज्ञहरूका अनुसार कस्तो कफीमा कति कफिनको मात्रा हुन्छ त्यो थाहा हुँदैन । त्यसैले हामीले थाहा नै नपाई कति कफिन लिइरहेका छौँ त्यसको जानकारी पनि हुँदैन । यसरी थाहा नपाई हामीले आवश्यकताभन्दा बढी कफिन खाइरहेका हुन सक्छौँ ।

गर्भवती महिलाले दिनमा दुई कपभन्दा बढी कफी सेवन गर्नु राम्रो हुँदैन । सो संस्थाले गरेको अध्ययनअनुसार कफिनको अत्यधिक सेवनले गर्भपतनको सम्भावना बढी हुन्छ । त्यसका साथै जन्मिएको नवजात शिशुको वजन पनि कम हुन्छ वा जन्मदैँ शारीरिक तथा मानसिक विकलांगता पनि हुन सक्छ । (एजेन्सीको सहयोगमा)