५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सरकारको नेतृत्व गर्न एमालेले जिम्मेवार भूमिका खेल्यो’



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालको कम्युनिष्ट आन्दोलनलाई आफूहरूले विशिष्ट ढङ्गले अगाडि बढाएको बताउनुभएको छ ।

बंगलादेशको राजधानी ढाकामा जारी बंगलादेश क्रान्तिकारी श्रमिक पार्टीको १० औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले जनताको बहुदलीय जनवादको नेतृत्वमा एमालेले शान्तिपूर्ण रूपमा नेपाली कम्युनिष्ट आन्दोलनको नेतृत्व गर्दै आएको बताउनुभयो ।

नेकपा (एमाले) नेपाली जनताको आकाङ्क्षा र सपना पूरा गर्न सक्ने एक मात्र राजनीतिक शक्तिका रूपमा उभिएको पोखरेलले बताउनुभयो ।

नेपालमा भर्खरै सम्पन्न स्थानीय, प्रादेशिक र सङ्घीय निर्वाचनमा चौतर्फी घेराबन्दीका बाबजुद पनि नेकपा (एमाले)ले लोकप्रिय मत प्राप्त गरेको उहाँले महाधिवेशनमा जानकारी गराउनुभयो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो– ‘चुनावमा हामीले संसदमा बहुमत प्राप्त गरेर सरकार बनाउने लक्ष्य राखेका थियौं तर, हाम्रो पार्टी र पार्टी नेतृत्वविरुद्ध प्रतिक्रियावादी शक्तिहरूका निरन्तर आक्रमण, अफवाह र सरकारद्वारा गरिएको चुनावी धाँधलीका कारण हामीले केही सिट गुमायौं । एउटै दलको सरकार बनाउन संसदमा एउटै दलको बहुमत छैन । त्यसैले जनादेशलाई सम्मान गर्दै हाम्रो पार्टीले वामपन्थी दल र देशका लागि सकारात्मक भूमिका खेल्न चाहनेलाई एकै ठाउँमा ल्याएर गठबन्धन सरकार बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।’

नेकपा (एमाले) ले बामपन्थी दलहरूलाई एकजुट बनाएर सरकारको नेतृत्व गर्ने वर्तमान अवस्था सिर्जना गर्न जिम्मेवार भूमिका निर्वाह गरेको उहाँले बताउनुभयो । ‘हामी राजनीतिक सहमति र व्यवस्थामा मात्र केन्द्रित छैनौं, उच्च नैतिक र सांस्कृतिक मूल्यमान्यतामा आधारित नेपाली समाजको स्थापनामा केन्द्रित छौं’ – बरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो ।

उहाँले भन्नुभयो– ‘नेकपा (एमाले)लाई नेपाली जनताको समर्थनको बढ्दो लहर र बढ्दो लोकप्रियता हामीलाई उपहारका रूपमा आएका होइनन्, हाम्रो सङ्घर्ष, धैर्यता र हाम्रा मार्गदर्शक सिद्धान्त र कार्यक्रमहरू–जनताको बहुदलीय जनवाद र हाम्रो राष्ट्रिय महत्वाकांक्षा–समृद्धिको उपलब्धिका रूपमा आएका हुन् ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले नेकपा (एमाले) लाई महाधिवेशनमा आमन्त्रण गरेकोमा पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट आभार व्यक्त गर्नुभयो ।

सन् १९९३ मा भएको बंगलादेश भ्रमणलाई स्मरण गर्दै उहाँले बंगलादेशले विगतका वर्षहरूमा गरेका उल्लेखनीय विकास उपलब्धिहरू देखेर खुसी लागेको बताउनुभयो । नेपाल र बंगलादेशबीच ५० वर्षको समस्यामुक्त र उत्कृष्ट कूटनीतिक सम्बन्ध रहेको उहाँले बताउनुभयो ।

दुवै देश कठिन समयमा एकसाथ उभिएको र विभिन्न अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मञ्चहरूमा एकअर्कालाई समर्थन गरेको बताउनुभयो ।