• ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
  •   Unicode
Logo
Latest
★   रामहरि श्रेष्ठको हत्या प्रकरण: खाम पक्राउ परेपछि आफूमाथि थ्रेट आयो-रमिला श्रेष्ठ ★   सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एसका सोडारीले गरे दाबी पेश ★   पीडित श्रेष्ठ परिवारसँग भेटेपछि गृहमन्त्रीले भनेः व्यक्ति नभई मुलुक, व्यवस्था र जनता जोगाउन काम गर्दैछु ★   सांसद डा शर्माद्वारा बाल अस्पताललाई रु २० लाख सहयोग ★   नवनियुक्त महालेखापरीक्षक रायाद्वारा सपथ ग्रहण ★   रासस र कतार न्यूज एजेन्सीबीच समाचार आदानप्रदानबारे छलफल ★   काठमाडौँ महानगरको सम्पदा यात्राः विपत्तिबाट पाठ सिक्नुपर्नेमा जोड ★   नेप्से परिसूचकको ओरालो यात्रा जारी ★   नबिराएर नडराएर काम गर्न कर्मचारीलाई मन्त्री शर्माको आग्रह ★   पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन

नवनियुक्त चिनियाँ राजदूत आज नेपाल आउँदै



नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन सोङ । (फाइल तस्वीर)

काठमाडौँ । नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन सोङ आज नेपाल आइपुग्ने नेपालस्थित चिनियाँ राजदूतावास स्राेतले जनाएको छ ।

राजदूत सोङ चीनको विदेश मामिला मन्त्रालयमा एसिया मामिला विभागका उपमहानिर्देशकसमेत रहनु भएको थियो ।

विगत दुई महिनादेखि नेपालका लागि चिनियाँ राजदूत रिक्त रहेको छ। चार वर्षे कार्यकाल पूरा गरेर होउ यान्छी आसियानका लागि राजदूत नियुक्त भएपछि छन सोङ नेपालका लागि राजदूतमा नियुक्त हुनु भएको हो ।

नयाँ राजदूत छनको एग्रिमो नेपालले स्वीकृत गरिसकेकाले उहाँ जिम्मेवारी सम्हाल्न नेपाल आउन लाग्नु भएको हो ।

छनले नेपालसहित दक्षिण एसियाली मुलुकहरू हेर्दै आउनु भएको छ ।