२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवनियुक्त चिनियाँ राजदूत आज नेपाल आउँदै



अ+ अ-

काठमाडौँ । नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन सोङ आज नेपाल आइपुग्ने नेपालस्थित चिनियाँ राजदूतावास स्राेतले जनाएको छ ।

राजदूत सोङ चीनको विदेश मामिला मन्त्रालयमा एसिया मामिला विभागका उपमहानिर्देशकसमेत रहनु भएको थियो ।

विगत दुई महिनादेखि नेपालका लागि चिनियाँ राजदूत रिक्त रहेको छ। चार वर्षे कार्यकाल पूरा गरेर होउ यान्छी आसियानका लागि राजदूत नियुक्त भएपछि छन सोङ नेपालका लागि राजदूतमा नियुक्त हुनु भएको हो ।

नयाँ राजदूत छनको एग्रिमो नेपालले स्वीकृत गरिसकेकाले उहाँ जिम्मेवारी सम्हाल्न नेपाल आउन लाग्नु भएको हो ।

छनले नेपालसहित दक्षिण एसियाली मुलुकहरू हेर्दै आउनु भएको छ ।