२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकामा बढ्यो वायु प्रदुषण (फोटो फिचर)



भैसेपाटी सडकमा उडेको धुलो ।
अ+ अ-

हरेक वर्ष जाडो मौसम शुरु भएसँगै वायु प्रदुषण पनि बढ्न थाल्छ । यो वर्ष पनि मौसम चिसिँदै जाँदा प्रदुषण पनि दिन प्रतिदिन बढीरहेको छ । जाडो मौसममा हावा पनि चिसो हुन्छ । चिसो हावाको घनत्व बढी भएकाले तातो हावा जस्तो सहजै उडेर जान सक्दैन । चिसो हावाको माथिल्लो तहमा तातो हावा हुन्छ । यसरी चिसो र तातो हावाको तहले प्रदुषणलाई यही वायुमण्डलभित्रै अवरोध सिर्जना गर्छ । जसले गर्दा जाडो मौसममा प्रदुषण बढी हुने गर्छ । यसरी चिसो मौसममा बढी प्रदुषण हुँदा धुम्रपान नगर्नेहरुमा पनि फोक्सोको क्यान्सर बढ्ने विज्ञ बताउँछन् ।

प्रदूषणले गर्दा मानिसमा एलर्जी मात्रै नभएर हृदयघात, मधुमेह नियन्त्रण नहुने जस्ता समस्या देखिने गर्छन् । यो बेलामा मानिसहरु आफैँले बुझेर पनि वातावरणको सरसफाईमा ध्यान दिनुपर्ने हो । आम मानिसहरुलाई यसको पर्वाह छैन, जसकारण पनि अहिले वायु प्रदुषण काठमाडौंसहित देशका विभिन्न शहरमा खतरा बन्दै गएको छ । काठमाडौं उपत्यकामा यतिबेला वायु प्रदुषण बढेको छ । नदी, सडक र गल्लीहरुमा सरसफाई हुन सकेको छैन ।

जसकारण पनि यसको प्रत्यक्ष असर आम सर्वसाधारणमा परिरहेको छ । वायुमण्डलमा धुवाँ तथा धुलोको मात्रा बढी हुँदा आकाश नै तुवाँलोले ढाकेको छ । अझै पनि सर्वसाधारण नागरिकहरु नै यसमा चनाखो भएर वातावरण सरसफाईमा नलाग्ने हो भने वायु प्रदुषणले झनै खतराको तह पार गर्ने निश्चित छ ।

सबैभन्दा पहिला जथाभावी फोहोर फाल्ने बानी हटाउनु पर्छ । नदीनाला, सार्वजनिक जग्गा, सडकहरुमा फोहोर फाल्ने बानी हटाउनसके मात्रै पनि केही मात्रामा प्रदुषणलाई कम गर्न सकिन्छ । वायु प्रदुषणलाई रोक्न पुराना र थोत्रा सवारीसाधनहरुको प्रयोगमा पनि नियन्त्रण गर्न जरुरी छ । आजको फोटोफिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका यी तस्बिरहरु ।

ललितपुरको झरुवाराशीको ईटा भट्टा धुवा फक्दै ।
लेलेको पहाडमा प्रदुषण ।
भैसेपाटी सडकमा उडेको धुलो ।
राजदल गणमा कवाज सेनाले देखाउने क्रममा उडेको धुलो ।
विष्णुमती नदि वरपर फ्याकिएको फोहोर ।
कालीमाटी तरकारी बजारको फोहोरको थुप्रोमा आराम गर्दै युवक ।
कुलेश्वर तरकारी बजारछेउमा फ्याकिएको फोहोर ।
काठमाडौं कालीमाटी शहरबीचमा थुपारिएको पुराना गाडीहरुको डंगुर ।
ललितपुरको सुनाकोठी सडकमा धुलाम्मे बनेको कार ।
साँझपख पशुपतिको आकाशमा देखिएको धुँवाको मुस्लो ।
काठमाडांैंका देखिएको धुलोका कण ।
काठमाडौंको तिनकुनेमा बगेको वागमतीसँगै ढल ।
दक्षिण ललितपुरको कालेश्वर पहाडमा वायु प्रदुषण ।
कटुवाल दहमा फोहोरका कारण वागमतीमा बनेको फिज ।
बल्खु सडकमा उडेको धुलो ।