९ भाद्र २०८३, मंगलवार
,
Latest
भन्सार छलीको १० लाखको कपडासहित एक जना नियन्त्रणमा जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

को बन्ला अबको राष्ट्रपति ? यी हुन् मैदानमा देखिएका अनुहार



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सकिनै लाग्दा अबको राष्ट्रपति को बन्छ भन्ने चासो सर्वत्र रहेको छ । वर्तमान सत्ता गठबन्धन तयार हुदाँ नेकपा (एमाले)लाई राष्ट्रपति र सभामुख दिने सहमति भएपछि एमाले भित्रबाट को राष्ट्रपति बन्छ भन्ने चासो बढेको हो ।

सत्ताको साँचो लिएर बस्नु भएका एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति र अर्को प्रमुख पद सभामुखमा कसलाई पठाउने भन्ने बारेमा पार्टीका केही नेताहरुसँग छलफल गर्नुभएको छ ।

एमाले स्रोतका अनुसार राष्ट्रपतिका लागि वर्तमान राष्ट्रपति भण्डारीलाई नै दोहोर्योउन कानून स्पष्ट नभएकाले सर्वोच्च अदालतबाट व्याख्या गराउने बारेमा पनि छलफल भएको छ ।

यसैगरी नेत्री अष्टलक्ष्मी शाक्य, सुवास नेम्वाङ पनि राष्ट्रपतिका लागि इच्छुक देखिनुभएको छ । नेम्वाङले त आफू अब पुनः सभामुख नबन्ने अभिव्यक्ति सार्वजनिक गरिसक्नुभएको छ ।

एमाले स्रोतका अनुसार बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल र मोरङका गुरु बरालमध्ये एक जना भावी राष्ट्रपति बन्न सक्छन् ।