२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेश प्रदेश: पुस २८ सम्ममा सरकार गठन गर्न आह्वान



अ+ अ-

जनकपुरधाम । मधेश प्रदेशमा यही पुस २८ गतेभित्र सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरिएको छ ।

मधेश प्रदेश प्रमुख हरिशंकर मिश्रले पुस २८ गते दिउँसो ४ बजेसम्ममा प्रदेशमा सम्मिलित सदस्यलाई बहुमतसहित मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गर्नुभएको हो ।

मधेश प्रदेशमा १०७ सदस्य रहेका छन् । प्रदेशमा आवश्यक ५४ सिट कुनै पनि दलले प्राप्त गर्न नसकेकाले प्रदेशप्रमुख मिश्रले संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री पेश गर्न आह्वान गर्नुभएको हो ।

उक्त उपधाराअनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतप्राप्त प्रदेशसभा सदस्यले मुख्यमन्त्री दाबी पेश गर्न सक्नेछ ।

मधेश प्रदेशमा २३ सिटसहित सबैभन्दा ठूलो नेकपा (एमाले) रहेको छ । नेपाली कांग्रेसको २२, जनता समाजवादी पार्टी (जसपा) को १६, जनमत पार्टीको १३, नेकपा (माओवादी केन्द्र) र लोकतान्त्रिक समाजवादी (लोसपा) को को ९/९, नेकपा (एकीकृत समाजवादी)को ७, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल संघीय समाजवादीको १/१ तथा स्वन्त्र ५ सदस्य रहेका छन् ।