• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

नेपाल टी–२० लिग: जनकपुरद्वारा लुम्बिनीलाई १६० रनको लक्ष्य



काठमाडौं । पहिलो संस्करणको नेपाल टी–२० लिगमा जनकपुर रोयल्सले लुम्बिनी अल स्टारलाई जितको लागि १ सय ६० रनको लक्ष्य दिएको छ ।

किर्तिपूरको टियु मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले १७ ओभरमा ६ विकेट गुमाएर १ सय ५९ रन बनायो ।

जनकपुरको लागि कप्तान ट्राभोन ग्रिफिथले ११ बलमा ३ चौका र ५ छक्काको सहयोगमा ४७ रन बनाउँदा शरफुदिन असरफले १८ बलमा ३४ रन बनाए। यस्तै, खडक बोहोरा २२ रन बनाए भने शमिउल्लाह शिनवारीले २० रन जोडे ।

लुम्बिनीका लागि बलिङ गरेकम सागर ढकाल र कप्तान कुशल भुर्तेलले समान २/२ विकेट लिए भने प्याट ब्राउन र इशाान पाण्डेले पनि समान १/१ विकेट लिए ।

नौ खेलमा ८ जित तथा १ हार हात पारेर १६ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा रहेको लुम्बिनी क्वालिफायरमा पुगिसकेको छ भने नौ खेलमा छ जित र तीन हार हात पारेको जनकपुर १२ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा रहेको छ।

यही संस्करणमा भएको पहिलो भेटमा लुम्बिनीले जनकपुरलाई ५ रनले हराएको थियो ।

यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।