१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

नोबेल पुरस्कार विजेता बियालियात्स्कीविरूद्धको मुद्दामा सुनुवाई शुरू

नोबेल पुरस्कार विजेता बियालियात्स्कीविरूद्धको मुद्दामा सुनुवाई शुरू
अ अ+ अ-

एजेन्सी । बेलारूसको जेलमा रहेका नोबेल पुरस्कार विजेता एलेस बियालियात्स्की र बेलारुसको सर्वोच्च अधिकारवादी समूह भायास्नाविरूद्ध दमन गर्ने प्रयासस्वरुप बिहीबार मिन्स्कमा मुद्दा चलाइएको छ ।

गत वर्षको नोबेल शान्ति पुरस्कारबाट सम्मानित बियालियात्स्कीले सन् १९९६ मा अधिनायकवादी देशको सबैभन्दा प्रमुख अधिकार समूह भायास्ना (स्प्रिङ) को स्थापना गरेका थिए ।

रुसी समाचार संस्था आरआईए नोभोस्तीले सार्वजनिक गरेको तस्बिरअनुसार बियालियात्स्की र उहाँका सहयोगी भ्यालेन्टिन स्टेफानोभिच र भ्लादिमिर लाबकोभिचलाई सुनुवाईको सुरुमा अदालत कक्षमा प्रतिवादीको पिंजडामा देखाइएको थियो ।

खैरो केश भएका बियालियात्स्की कालो हुडी, हरियो ट्राउजर र स्नीकर्स लगाएर पिंजडाभित्रको बेन्चमा बसिरहहनुभएको तस्बीरमा देखाइएको छ । अन्य दुई प्रतिवादीहरू उहाँको पछाडिको बेन्चको दुवै छेउमा बसिरहेका र चार सशस्त्र प्रहरीहरूले पहरा दिएको भिडियोमा देखाइएको छ । नोबेल पुरस्कार बिजेता बियालियात्स्की पिंजडामा गम्भीर देखिएको बताइएको छ ।

सन् २०२० मा अधिनायकवादी राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले अन्तर्राष्ट्रिय समुदायले धाँधलीपूर्ण ठहर गरेको निर्वाचनमा विजय हासिल गरेको दाबी गरेपछि ६० वर्षीय बियालियात्स्की र उहाँका सहयोगीलाई जेल चलान गरिएको थियो ।

रुसी नेता भ्लादिमिर पुटिनको समर्थनमा लुकाशेन्कोले विपक्षी आन्दोलनमाथि कडा दमन गरेका छन् । उनले आफ्ना आलोचकहरूलाई जेलमा राख्नुभएको वा निर्वासनमा जान बाध्य बनाएका छन् ।

चौथो प्रतिवादी दिमित्री सोलोभ्योभलाई यात्रा प्रतिबन्धको बावजुद छिमेकी पोल्याण्डमा भागेपछि उहाँविरूद्ध पनि अनुपस्थितिमा नै मुद्दा चलाइएको छ ।

उनले एएफपीसँग भने, “मलाई यो सुनुवाईमा विश्वास छैन र यसमा के हुनसक्छ ? यो नक्कली अनुसन्धान हो ।

“बेलारुसमा कुनै कानून छैन, कानूनको शासन छैन । यो प्रक्रिया पूर्णतया गुन्डा सरकारको नियन्त्रणमा छ,” सोलोभ्योभले भने ।

उच्च स्तरीय अनुसन्धानपछि निर्वासनमा रहेकी विपक्षी आन्दोलनकी नेतृ तथा स्वतन्त्र पत्रकार स्वेतलाना तिखानोभस्कायाविरूद्ध पनि अनुपस्थितिमा चलाइएको छ ।

बियालियात्स्की, स्टेफानोभिच र लाबकोभिच सन् २०२१ को जुलाईदेखि हिरासतमा छन् । उनीहरुमाथि सुरुमा कर छलीको आरोप लागेको थियो ।