५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री प्रचण्डलाई पत्रकार महासंघको बधाइ



अ+ अ-

काठमाडौं । नेपाल पत्रकार महासंघको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाइ ज्ञापन गरेको छ ।

बिहीबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटी महासंघको टोलीले प्रधानमन्त्री प्रचण्डलाई बधाइ दिएको हो । महासंघका अध्यक्ष बिपुल पोृखरेलको नेतृत्वमा आएको टोलीले प्रधानमन्त्री प्रचण्डको तेस्रो कार्यकाल सुशासन, विकास र समृद्धिका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका दृष्टिले अनुकरणीय रहन सकोस् भनि बधाइ दिएको हो ।

भेटमा अध्यक्ष पोखरेलले वर्तमान सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई केन्द्रमा राखेर नीति, कानुन तथा व्यवहार गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो ।

भेटमा प्रधानमन्त्री प्रचण्डले आफू मुलूकका लागि केही नयाँ गर्ने संकल्पसहित प्रधानमन्त्रीको जिम्मेवारी लिएको बताउँदै आफ्नो कार्यकालमा कुनै पनि नराम्रो काम हुन नदिन सचेत रहेको बताउनुभयो ।

प्रधानमन्त्रीले वर्तमान सरकार प्रेस स्वतन्त्रता र पत्रकारहरुको हितप्रति सम्वेदनशील रहेको बताउँदै महासंघसँग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो ।
भेटमा महासंघका अध्यक्ष पोखरेलका साथै सल्लाहकारहरु र केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरु सहभागी हुनुहुन्थ्यो ।