१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढी : शव पहिचानमा समस्या बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीन आफन्त, नरोकिएका आँसु र दर्दनाक पर्खाइमा परिवार त्रिशूली ‘थ्रि–ए’ सुरुङमा फसेकाको उद्धारका लागि ‘ड्रिलिङ’ सुरु काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस् आफन्तहरू खोजिरहेका आँखा-फोटो फिचर गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद् बैठक: ७ सचिवको सरुवा



अ+ अ-

काठमाडौं । सरकारले ७ सचिवको सरुवा गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्रालयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव ९वाणिज्य० तोयम रायालाई अर्थ सचिवमा सरुवा गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव डा . राम प्रसाद घिमिरेलाई राजश्व सचिव सरुवा गरेको छ ।

अर्थ सचिवको जिम्मेवारीमा रहनुभएका कृष्णहरि पुष्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा र राजश्व सचिव रामेश्वर दंगाललाई अख्तियारमा सरुवा गरेको छ ।

यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव मधु मरासैनीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव धनराज ज्ञवालीलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र कानुन सचिव उदयराज सापकोटालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।