२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आहा ! रारा गोल्डकप: चर्च ब्वाइजलाई हराउँदै भुटनीज फाइनलमा



अ+ अ-

पोखरा । २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबलमा अमेरिकाको भुटनीज युथ सकर क्लब युएसए फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा भएको दोस्रो सेमिफाइनलमा चर्च ब्वाइज युनाईटेडलाई १-० गोलको अन्तरले हराउँदै भुटनीजले फाइनलमा पुगेको हो ।

भुटनीजको जितको लागि रोजिन प्रजापतिले निर्णायक गोल गरे । उनले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए ।

उपाधिका लागि भुटनीजले फाइनलमा संकटा क्लबसँग प्रतिस्पर्धा गर्ने छ । एपीएफलाई हराउँदै संकटा यसअघि नै फाइनलमा प्रवेश गरिसकेको छ ।

आहा ! रारा पोखरा गोल्डकपमा १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख पाउने छन् । यस्तै विधागततर्फको उत्कृष्ट पाँचले जनही २५ हजार, सर्वाधिक गोलकर्ताले २५ हजार र म्यान अफ द म्याचले ८ हजार पाउने छन् ।