२७ मंसिर २०८२, शनिबार
,
Latest
एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर अमेरिकामा मौसमी फ्लु प्रकोपः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

१५ दिनभित्र सडकका खाल्डा पुरिसक्न भौतिक पुर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशन



अ+ अ-

काठमाडौं । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौंभित्र सडकमा रहेका खाल्डाखुल्टी १५ दिनभित्र पुरिसक्न निर्देशन दिएका छन् ।

सितापाईलास्थित छाउनी सडकखण्डको अनुगमनमा पुगेका मन्त्री श्रेष्ठले सडक भएका खाल्डा १५ दिनभित्र पुर्न निर्देशन दिएका हुन् । उनले काठमाडौं महानगरका प्रमुख, उपत्यका विकास प्राधिरणसँग बैठक राखेर सडक व्यवस्थापनको बिषयमा छलफल गर्ने बताए । ‘एउटा मेसिनले एक ठाउँमा मात्रै काम गरेर हुँदैन २ वा ३ वटा प्रयोग गरेर १५ दिनभित्र हर हालतमा चाहिन्छ । हामी व्यवस्थापन गछौँ ।’ उनले भने ।

मन्त्री श्रेष्ठले जसरी पनि काम गर्ने नीतिलाई कार्यान्वय गरेर छाड्ने प्रतिबद्धता जनाए । सिस्टम बिग्रेको कारणले अहिलेसम्म काम नभएको र आफू पहिला गरेर मात्र पछि समीक्षा गर्ने बताए ।