२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी प्रदेश: पुस २७ सम्म सरकार गठन गर्न आह्वान



अ+ अ-

बुटवल । लुम्बिनी प्रदेशमा यही पुस २७ गते दिउँसो ४ बजेसम्म सरकार गठन गर्न आह्वान गरिएको छ । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधार २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेशमा प्रतिनिधित्व गर्ने दलहरुलाई आह्वान गर्नुभएको हो ।

लुम्बिनी प्रदेशमा एकल सरकार बनाउन कुनै पनि दलको बहुमत नपुग्ने भएपछि संविधानको उक्त उपधाराबमोजिम प्रदेशमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरिएको छ ।

लुम्बिनी प्रदेशमा ८७ प्रदेशसभा सदस्य छन् । बहुमतका लागि न्यूनतम ४४ प्रदेशसभाको समर्थन आवश्यक पर्छ ।