२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी प्रदेश: पुस २७ सम्म सरकार गठन गर्न आह्वान



अ+ अ-

बुटवल । लुम्बिनी प्रदेशमा यही पुस २७ गते दिउँसो ४ बजेसम्म सरकार गठन गर्न आह्वान गरिएको छ । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधार २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेशमा प्रतिनिधित्व गर्ने दलहरुलाई आह्वान गर्नुभएको हो ।

लुम्बिनी प्रदेशमा एकल सरकार बनाउन कुनै पनि दलको बहुमत नपुग्ने भएपछि संविधानको उक्त उपधाराबमोजिम प्रदेशमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरिएको छ ।

लुम्बिनी प्रदेशमा ८७ प्रदेशसभा सदस्य छन् । बहुमतका लागि न्यूनतम ४४ प्रदेशसभाको समर्थन आवश्यक पर्छ ।




भर्खरै