५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल राष्ट्र बैंकबाट चालुपूँजी कर्जा मार्गदर्शन संशोधन – पूर्णपाठ सहित



अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ संशोधन गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि केन्द्रीय बैंक वित्तीय अनुशासन र स्थायित्व कायम गर्ने भनिएको उक्त मार्गदर्शन संशोधन गर्न सहमत भएको हो ।

अब केन्द्रीय बैंकले मार्गदर्शनमा भएको चालु सम्पत्ति र वार्षिक कारोबारका आधारमा मात्रै चालु पूँजी कर्जा पाइने व्यवस्थालाई तत्काल कार्यान्वनयनमा ल्याउने छैन । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बुधबार अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्री प्रचण्डसँग भेट गरेपछि मार्गदर्शन संशोधन गर्नुभएको हो ।

लामो गृहकार्यपछि गत भदौ ७ गते नेपाल राष्ट्र बैंकले चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शन,२०७९ जारी गरेको थियो । यद्यपि बैंकले २०७८ पुस १० गते नै ३५ दिनभित्र राय सुझाव पेश गर्न भन्दै यसको मस्यौदा सार्वजनिक गरेको थियो । सात महिनापछि जारी गरेको उक्त मार्गदर्शन कात्तिक १ गते कार्यान्वयनमा ल्याइएको थियो ।

संशोधन भएको मार्गदर्शनमा चालु पूँजीले दिएको सीमाभन्दा बढी ऋण चलाउने व्यवसायीलाई सीमाभित्र ल्याउन २ वर्षको समय दिने व्यवस्था गरिएको छ ।

मार्गदर्शन संशोधनको पूर्णपाठ

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2023/01/WC-Guidelines-1st-Amendment-upload.pdf” title=”WC Guidelines 1st Amendment upload”]




भर्खरै