• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

एपीएफलाई हराउँदै संकटा फाइनलमा



काठमाडौँ । संकटा फुटबल क्लब पोखरामा जारी २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा साविक विजेता एपीएफ क्लबलाई ४–१ गोल अन्तरले हराउँदै संकटाले फाइनलमा स्थान बनाएको हो ।

संकटालाई जित दिलाउन स्टेफन बिनोङ र मेसुके ओलोमोउले समान दुई–दुई गोल गरे । एपीएफका हरि कार्कीले एक गोल फर्काए ।

अब संकटाले उपाधिका लागि चर्च ब्वाइज युनाईटेड र भुटनीज युथ सकर क्लबबीचको विजेतासँग खेल्नेछ ।

१० टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख पाउने छन् ।