१७ आश्विन २०८१, बिहीबार
,
Latest
एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै बङ्गलादेशसँग बिजुली निर्यात सम्बन्धी सम्झौतामा हस्ताक्षर एसएस फाउण्डेशनद्वारा चणिकलाल तामाङलाई सम्मान पशुपतिनाथको स्वामित्वमा रहेको धर्मशाला २१ वर्षपछि फिर्ता कोशीको बाढी: कसैलाई डर, कसैलाई अवसर रात्रीकालिन बसलाई नरोक्नेमाथि कारबाहीको प्रक्रिया अगाडी बढेको छ: मन्त्री दाहाल दशैँ अगाडी विपी राजमार्ग खुल्दैन: भौतिक मन्त्रालय नेपाललाई तहसनहस बनाएपछि भारतको बिहार बाढीको चपेटामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘एमालेलाई सरकारबाट हटाएपछि समृद्ध नेपालः सुखी नेपालीको राष्ट्रिय आकांक्षा अवरुद्ध बन्यो’



अ+ अ-

काठमाडौं । प्रमुख विपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक प्रबन्धको गलत ब्याख्या गरी एमालेलाई सरकारबाट बाहिर पुर्याएपछि समृद्ध नेपालः सुखी नेपालीको राष्ट्रिय आकांक्षा अवरुद्ध बनेको आरोप लगाएका छन् । 

प्रजातन्त्र दिवसको अवसरमा आज शुभकामना दिँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले यस्तो प्रतिक्रिया दिएका हुन् । 

शुभकामना सन्देशमा अध्यक्ष ओलीले भनेका छन्, ‘संबैधानिक प्रबन्धको गलत ब्याख्याद्वारा हामीलाई सरकारबाट बाहिर पुर्याएपछि अवरुद्ध हुन पुगेको समृद्ध नेपालः सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने हाम्रो अभियानलाई हामी अझ सवल रुपमा अगाडि बढाउन चाहन्छौं । नेकपा (एमाले) को यस अभियानमा सम्पुर्ण दिदीबहिनी दाजुभाइहरुको साथ रहने छ भन्ने मेरो बिश्वास छ ।'