५ भाद्र २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्री शाह पोखरा भ्रमणमा, अस्तामस्थित इको भिलेजमा बस्ने (तस्बिरसहित) बाँसबारीमा जमिन भासिँदा साढे दुईतले घर पल्टियो पुरानो पहिरोको पिरलो ‘सुपर एल निनो’ को उच्च जोखिमः पूर्वतयारी र जल–ऊर्जा सुरक्षामा जोड दिन ऊर्जामन्त्रीको निर्देशन रास्वपा केन्द्रीय समितिको बैठक सुरु गाडी मात्र होइन, अटोमोबाइल उद्योगको पूरा इकोसिस्टम देखाउँदै नाडा अटो शो पुराना र अदालतबाट निरुपण भइसकेका विषयमा पुनः छलफल आवश्यक छैनः उपनेता अर्याल सूचना प्रवाह कानूनी बाध्यताको विषय हो, यसमा समितिको थप निर्देशन आवश्यक छैनः वर्षमान पुन संसदीय सुनुवाई समितिको क्षेत्राधिकार र गोपनीयतामा सचेत बन्न रास्वपा प्रमुख सचेतक बुर्लाकोटीको आग्रह गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन-फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल टी–२० लिगबारे अनुसन्धान गर्न सीआईबीलाई गृहमन्त्रीको निर्देशन



file
अ+ अ-

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछनेले नेपाल टी–२० लिगबारे अनुसन्धान गर्न प्रहरी मुख्यालयलाई निर्देशन दिएका छन् ।

नेपाल क्रिकेट संघ क्यानको आयोजनामा भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसको सञ्चालनमा जारी फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिगमा देखिएको विवादबारे अनुसन्धान गर्न गृहमन्त्री लामिछानेले निर्देशन दिएका हुन् ।

९ पुसदेखि त्रिवि मैदानमा सुरु भएको प्रतियोगितामा खुलेआम सट्टेबाजी, सम्भावित म्याच फिक्सिङ र श्रम स्वीकृतिबिना विदेशी खेलाडीलाई खेलाइएकोबारे उनले चासो लिएका हुन् । मन्त्रालयको निर्देशनअनुसार सीआईबीले मंगलबारदेखि नै अनुसन्धान सुरु गरिसकेको छ ।

आज मंगलबार बिहान काठमाडौं नाइट्स र विराटनगर सुपर किङ्सबीचको खेलको क्रममा खेलाडीहरुले टस गर्न नमानेपछि निर्धारित २० ओभरको खेललाई ९ ओभरमा झारेर दुई घण्टापछि खेल सुचारु भएको थियो ।

नेपाल टी–२० लिगमा आबद्ध विभिन्न टिमका खेलाडीहरूले पारिश्रमिक नपाएको भन्दै विरोध समेत जनाएका छन् ।