८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ सरकारले स्वदेशी उत्पादनमा वृद्धि गरी दिगो विकासमा ध्यान दिनुपर्छः वामदेव गौतम



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले वर्तमान सरकारले मुलुकभित्र स्वदेशी उत्पादनमा वृद्धि गरी दिगो विकासमा ध्यान दिनुपर्ने बताउनुभएको छ ।

मंगलवार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद गौतमले वर्तमान सरकारले मुलुक भित्र नै उत्पादन वृद्धि गरी दिगो विकासलाई समेत मद्दत गर्दै सुशासन कायम गर्न पहल गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले नेपालमा सम्पूर्ण खाद्यन्नदेखि जनैसम्म विदेशबाट आयात गर्नुपर्ने अवस्था रहेकाले मुलुक गरिबी भएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले अहिले विश्वका अन्य देश भन्दा अर्थतन्त्रमा पछाडि परेको बताउनु भयो । सांसद गौतमले अब सबैले समावादी उत्पादन,वितरणमा सरकारले जोड दिन आवश्यक रहेको बताउनु भयो ।

उहाँले सरकारले मुलुक भित्र उत्पादन वृद्धि गरी आत्मनिर्भर बन्न सक्नुपर्ने बताउनु भयो । उहाँले खाद्यन्न,फलफूल,औषधि लगायत उत्पादनमा वृद्धि गरी आत्मनिर्भर बन्नसके मुलुक भित्र नै रोजगारी समेत सिर्जना हुने बताउनु भयो ।

उहाँले विगतमा नेपाली काँग्रेसको सरकारले सरकारी उद्योग कारखानाहरु निजीकरण गर्दा अहिले समस्या भएको आरोप लगाउनु भयो । नेपाली काँग्रेस नेतृत्वका सरकारले विगतमा सरकारी उद्योगहरुमा अफ्ठ्यारो पर्ने र निजीकरण गर्ने काम गरेको बताउनु भयो ।