११ श्रावण २०८३, सोमबार
,
Latest
पिआर लिएका दुई नापी अधिकृतलाई भविष्यमा सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस भाषा, संस्कृति र इतिहास संरक्षणमा राज्य गम्भीर बन्नुपर्छः उपाध्यक्ष भण्डारी समृद्धिका लागि कानून वाधक बन्न हुँदैनः मन्त्री गौतम सुनसरी घटनापछि गृहको कदम : सीडीओसहित सुरक्षा प्रमुखहरू फिर्ता, छानबिन समिति गठन दोषीलाई कानुन बमोजिम कारबाही गर्नुपर्ने माग गर्दै स्वास्थ्यकर्मीद्वारा घण्टाघारमा प्रदर्शन ‘पत्रकारको हकहित संरक्षण गर्न मधेस प्रदेश सरकार प्रतिबद्ध छ’ सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्ने निर्णय नारायणी घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा, मन्त्री मेहताद्वारा स्वास्थ्य अवस्थाको जानकारी हरेक फौजदारी मुद्दामा पीडितका लागि क्षतिपूर्ति दाबी गरिने : महान्यायाधिवक्ता कँडेल बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल टी-२०: काठमाडौंद्वारा विराटनगर ३४ रनले पराजित



अ+ अ-

काठमाडौं । नेपाल टी-२० लिग अन्तर्गत आज भएको खेलमा काठमाडौं नाइट्सले विराटनगर सुपर किंग्सलाई पराजित गरेको छ ।

राजधानीको टियु मैदानमा भएको खेलमा काठमाडौंले विराटनगरलाई ३४ रनले पराजित गरेको हो ।

खेलाडी र आयोजक बीच भएको विवादका कारण ढिला सुरु भएको खेल ९ ओभरमा झारिएको थियो । जसमा काठमाडौंले दिएको ९३ रनको लक्ष्य विराटनगरले ८.५ ओभरमा अलआउट हुँदै ५८ रन मात्र बनायो ।

विराटनगरका लागि गौरान्शूं शर्मा २२ रन बनाए भने विवेक यादव १२ रनमा आउट भए । नन्दन यादव ११ रन जोडे भने अन्य खेलाडिले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

काठमाडौंको लागि कमल सिंह ऐरीले विकेट लिए । सुनाम गौतम र अनिल खरेलले समान २र२ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले ९ ओभरमा ५ विकेट गुमाएर ९२ रन बनाएको थियो । काठमाडौंका लागि सन्दिप रजालीले ३२ रन बनाउँदा कमलसिंह ऐरी १४ रन जोडे । कप्तान ज्ञानेन्द्र मल्ल १४ रन बनाए एलेक्स ब्लेकले १३ रन जोडे।

त्यस्तै, विराटनगरका लागि नन्दन यादवले ३विकेट लिए भने हुसेन तलत र कियोन जोसेफले समान १र१ विकेट लिए ।

जितसँगै काठमाडौं ७ खेलमा ४ जित ३ हारसहित ८ अंक बनाएर अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । हार बेहोरेको विराटनगर भने ७ खेलमा ४ अंक हात पारेर पाँचौ स्थानमा रहेको छ ।