२ पुष २०८२, बुधबार
,
Latest
ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उपाध्यक्ष तामाङलाई निलम्बन गर्‍यो भोजपुर–खोटाङ जोड्ने पर्यटकीयस्थल तावा भञ्ज्याङको प्रवर्द्धनको खाँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल टी-२०: काठमाडौंद्वारा विराटनगर ३४ रनले पराजित



अ+ अ-

काठमाडौं । नेपाल टी-२० लिग अन्तर्गत आज भएको खेलमा काठमाडौं नाइट्सले विराटनगर सुपर किंग्सलाई पराजित गरेको छ ।

राजधानीको टियु मैदानमा भएको खेलमा काठमाडौंले विराटनगरलाई ३४ रनले पराजित गरेको हो ।

खेलाडी र आयोजक बीच भएको विवादका कारण ढिला सुरु भएको खेल ९ ओभरमा झारिएको थियो । जसमा काठमाडौंले दिएको ९३ रनको लक्ष्य विराटनगरले ८.५ ओभरमा अलआउट हुँदै ५८ रन मात्र बनायो ।

विराटनगरका लागि गौरान्शूं शर्मा २२ रन बनाए भने विवेक यादव १२ रनमा आउट भए । नन्दन यादव ११ रन जोडे भने अन्य खेलाडिले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

काठमाडौंको लागि कमल सिंह ऐरीले विकेट लिए । सुनाम गौतम र अनिल खरेलले समान २र२ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले ९ ओभरमा ५ विकेट गुमाएर ९२ रन बनाएको थियो । काठमाडौंका लागि सन्दिप रजालीले ३२ रन बनाउँदा कमलसिंह ऐरी १४ रन जोडे । कप्तान ज्ञानेन्द्र मल्ल १४ रन बनाए एलेक्स ब्लेकले १३ रन जोडे।

त्यस्तै, विराटनगरका लागि नन्दन यादवले ३विकेट लिए भने हुसेन तलत र कियोन जोसेफले समान १र१ विकेट लिए ।

जितसँगै काठमाडौं ७ खेलमा ४ जित ३ हारसहित ८ अंक बनाएर अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । हार बेहोरेको विराटनगर भने ७ खेलमा ४ अंक हात पारेर पाँचौ स्थानमा रहेको छ ।