२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री श्रेष्ठद्वारा यातायात कार्यालयमा अनुगमन



अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले एकान्तकुनामा रहेको यातायात कार्यालयको अनुगमन गर्नुभएको छ ।

मंगलबार मन्त्री श्रेष्ठले कार्यालय समय सुरु हुनासाथ एकान्तकुना पुगेर छिटो र झन्झटरहित ढंगले सेवा प्रवाहका लागि कर्मचारीलाई निर्देशन दिनुभयो ।

उहाँले सेवाग्राहीहरुसँग समेत पाइरहेको सेवा र गुनासोबारे जिज्ञासा राख्नुभएको थियो । सवारी चालक अनुमतिपत्रका लागि भइरहेको लिखित र ट्रायल परीक्षाको समेत उहाँले निरीक्षण गर्नुभएको थियो ।

मन्त्री श्रेष्ठले पदभार ग्रहण गरेलगत्तै भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गरिने र अनियमिततालाई कडाइका साथ रोक्ने आफ्नो पहिलो कर्तव्य भएको बताउनुभएको थियो । भनसुन र घुस नखाई काम गर्ने वातावरण बनाउनेसमेत उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।