२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नर्भिकमा मिर्गौला प्रत्यारोपण सेवा सुरु



अ+ अ-

काठमाडौँ । नर्भिक इन्टरनेशनल हस्पिटलले मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको छ । विगत ३० वर्षदेखि अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा प्रवाहमा कटिबद्ध रहँदै आएको नर्भिकले मृगौला प्रत्यारोपण सेवाको समेत सुरुवात गरेको हो ।

यस क्रममा नर्भिकले हालसम्म २ व्यक्तिको मिर्गौलाको सफलतापूर्वक प्रत्यारोपण सम्पन्न गरिसकेको अस्पतालले जनाएको छ । मिर्गौला फेल भई उपचार गराइरहेका ६६ वर्षीय पुरुषमा उनकी ५५ वर्षीया पत्नीले दान दिएको मिर्गौला सफलतापूर्वक प्रत्यारोपण गरिएको छ भने ५४ वर्षीय अर्का पुरुषमा उनकी ३० वर्षीया छोरीले दिएको मृगौलाको सफल प्रत्यारोपण गरिएको हो ।

आगामी दिनमा यो सेवालाई बिस्तार गर्दै लगिने अस्पतालले जनाएको छ । नर्भिक अस्पतालका विज्ञ चिकित्सकद्वय डा. राकेश बर्मा र डा. आरके अग्रवाल नेतृत्वको विज्ञ तथा सल्लाहकारहरुको टिमले मिर्गौला प्रत्यारोपण सेवा दिँदै आएका छन् ।

सफलतापूर्वक मिर्गौला प्रत्यारोपण सम्पन्न गरिएका २ वटा केशमध्ये पहिलो केही जटिल रहेको थियो । पहिलो पटक नर्भिकमा मिर्गौला प्रत्यारोपण गरिएको बिरामीमा मुटुको धमनीमा समस्या लगायतका जटिलता थियो । तर, नर्भिकमा भएको सबै खालका स्वास्थ्य समस्याको स्तरीय उपचार सेवाको सहज उपलब्धताका कारण जटिल हुँदाहुँदै पनि सफलतापूर्वक प्रत्यारोपण भएको बताइएको छ । यस्तै, अस्पतालले कलेजो प्रत्यारोपण सेवा पनि बिस्तार गर्ने उद्देश्यले अनुमति लिने प्रक्रिया पनि अगाडि बढाइसकेको जनाएको छ ।

सन् १९९३ वर्षदेखि विश्वस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्दै आएको नर्भिकमा देशकै पहिलो र एक मात्र जेनेटिक ल्याब सहितको आइभिएफ (टेस्टट्यूब बेबी) सेन्टर समेत सञ्चालनमा छ । अत्याधुनिक उपकरणसहितको नर्भिक कस्मेटिक एण्ड डर्मा सेन्टर समेत केही महिनाअघिदेखि सञ्चालनमा आएको छ ।

यस्तै, नर्भिकमा विगत लामो समयदेखि प्रत्येक शनिवार यूरोलोजी टिमले निःशुल्क परामर्श सेवा समेत उपलब्ध गराउँदै आएको छ । यसबाहेक सबै खालका स्वास्थ्य समस्याको उपचार हुने यस अस्पतालमा अत्याधुनिक उपकरण र देशमै चिनिएका विज्ञ चिकित्सकहरुले सेवा दिंदै आएका छन् ।