२८ भाद्र २०८३, आईतवार
,
Latest
ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो अस्करमा नेपालको प्रतिनिधित्व गर्ने ‘तिनीहरू’लाई प्रधानमन्त्री शाहको बधाई बाढीमा बगेका विद्यालय चलाउन ठाउँकै पिरलो एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन उपलब्धि एआई प्रविधिबाट ट्राफिक व्यवस्थापन गर्न प्रहरी प्रमुख कार्कीको जोड पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ एमाले कार्यदलको विवाद मिलाउन काभ्रेमा आवासीय बैठक माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिलिपिन्ससामु नेपालले दियो २१९ रनको विशाल लक्ष्य



अ+ अ-

काठमाडौं । नेपालले आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए अन्तर्गत आज दोस्रो खेलमा फिलिपिन्सविरुद्ध २१८ रनको विजयी लक्ष्य दिएको छ । ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–२ भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ३ विकेटको क्षतिमा २१८ रन जोड्यो ।

नेपालका लागि कुशल भुर्तेलले शतकीय इनिङ्स खेले । उनले ६१ बलमा १०४ रनको योगदानी दिए । यस्तै, दिपेन्द्र सिंह ऐरीले ४७ बलमा ८३ रन जोडे।

कुशल मल्लले १० बलमा १२ रन जोड्दै पेभिलियन फर्किए । यस्तै, लोकेश बम ३ बलमा ६ रनसहित नटआउट रहे।