३ पुष २०८२, बिहीबार
,
Latest
शेखर कोइराला संसद पुनर्स्थापनाको पक्षमा खुले, गगन थापा किन मौन ? मन्त्री महावीरको अनुभब: कछुवा गतिको प्रशासन संयन्त्रबाट काम हुन निकै कठिन धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता एमाले महाधिवेशनमा ३६ जनाले मतदान गरेनन् एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल टी–२०: पोखराद्वारा काठमाडौं ५ विकेटले पराजित



अ+ अ-

काठमाडौं । राजधानीमा जारी रहेको नेपाल टी–२० लिगमा पोखरा एभेन्जर्सले काठमाडौं नाइृट्सलाई ५ विकेटले पराजितगरेको छ ।

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाडौंले दिएको १ सय ६५ रनको लक्ष्य पोखराले १९.४ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो ।

पोखराको जितको लागि सुमित महर्जनले उत्कृष्ट इनिङ खेले । महर्जनले ७ चौका र ३ छक्काको सहयोगमा ७६ रन बनाएका थिए । यस्तै उपुल थरंगाले पनि अर्धशतक खेले । थरंगाले ५८ रन बनाए। कुशल मल्ल भने १४ रनमा अविजित रहे ।

काठमाडौंका लागि कमल सिंह ऐरीले ३ विकेट लिए भने अबिनाश बोहोरा र अनिल खरेलले समान १/१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो। काठमाडौंका लागि एलेक्स ब्लेकले २८ बलमा ६४ रनको अर्धशतकीय ईनिङ खेले । उनले २३ बलमा ३ चौका र ७ छक्का प्रहार गरे । यस्तै सुनाम गौतमले ४५ र विरनदिप सिंहले ३२ रन बनाए ।

पोखराका लागि तुलबहादर थापाले २ विकेट लिए भने प्रतिस जिशि र कुशल मल्लले समान १/१ विकेट लिए ।

यस प्रतियोगिताको फाईनल खेल २७ गते हुनेछ । यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।