• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन ★   शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण ★   मन्त्रिपरिषद्को बैठक: सचिव पदमा लम्सालको बढुवा,चैते धानको मूल्य निर्धारण  ★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी

पूर्व प्रधानमन्त्री खनालको उपचारमा पैसा दिने प्रधानमन्त्रीको बचन प्रति गगनको आपत्ति



file photo

काठमाडौं । नेपाली काँग्रेसका युवा नेता गगन थापाले पूर्व प्रधानमन्त्री झलनाथ खनालको उपचारमा विदेशमा गरेको उपचारको खर्च सरकारले व्यहोर्ने भन्ने विषय उठाइएका बारेमा अनावश्यक टीकाटिप्पणी नगर्न आग्रह गरेका छन् ।

नेपालको बहालवाला राष्ट्रपति,प्रधानमन्त्री देखि अन्य कसैको पनि विदेशमा भएको उपचारको खर्च सरकारले व्यहोर्न नपर्ने कानुन भएको हुनाले यसलाई लिएर पूर्व प्रधानमन्त्री खनालबारेमा टीकाटिप्पणी गर्ने वातावरण बनाएर उहाँ र उहाँको परिवारलाई दुःखी नबनाऊँ पनि नेता थापाले आग्रह गरेका छन् ।

नेता थापाले सामाजित्र सञ्जालमा लेखेका छन् '२०७४ सालमा बनेको जनस्वास्थ्य ऐनमा हाम्रै पहल र संशोधनमा 'प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सो को लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन' भन्ने व्यवस्था छ र उक्त कानून २०७५/६/२ गतेदेखि लागू भइसकेको छ।

नेता थापाले पूर्व प्रधानमन्त्री खनालको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिरहेको बताएका छन् । नेपालको लोकतान्त्रिक आन्दोलनमा अभूतपूर्व योगदान पुर्याउनु भएका झलनाथ खनालले पछिल्लो पटक निजी नाफा घाटाको हिसाब नगरी संविधान र लोकतन्त्रको पक्षमा आफूलाई जसरी उभ्याउनु भएको छ यसले उहाँको कद अझ बढेको पनि नेता थापाले बताएका छन् । नेता थापाले पूर्व प्रधानमन्त्री खनाललाई उपचार खर्च जुटाउनु पर्ने अवस्था नै आएमा त्यसको लागि पनि देश विदेशमा रहेका आफुहरु हरदम तयार रहेको प्रष्ट पारेका छन् ।

यस्तो बेलामा उहाँको विदेशमा गरेको उपचारको खर्च सरकारले व्यहोर्ने भन्ने विषय उठाइ उहाँको बारेमा अनावश्यक टीकाटिप्पणी गर्ने वातावरण बनाएर उहाँ र उहाँको परिवारलाई दुःखी नबनाऊँन पनि नेता थापाले आग्रह गरेका छन् । अन्त्यमा नेता थापाले प्रधानमन्त्री शेरबहादुर देउवालाई उल्लेख गर्दै अतः 'कुनै पनि व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्ने विषय गैर कानूनी हो र अघिल्लो सरकारले कानून विपरीत गरेको निर्णयको भारी यो सरकारले बोक्ने छैन भन्ने कुरामा तपाईं सचेत हुनुहुन्छ र तपाईको भनाई उधृत गर्दै आएका समाचार गलत हुन भन्ने विश्वास छ' भनेका छन् ।